Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

कुटी र धर्मशालामा बस्नेको उद्धार

उद्‌घोष संवाददाता
१२ असोज २०८१, शनिवार

Advertisement

चितवन, १२ असोज । नारायणी नदीमा पानी बस्तीमा पस्न सक्ने जोखिम बढेपछि भरतपुर महानगरपालिका–१ देवघाटका करिब एक सय जनाको उद्धार गरिएको छ ।

गए राति १ः३० बजे जयभोले कुटी र अखण्ड धर्मशालामा बस्ने उनीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।  रासस

View : 453

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved