झापा । सवारी ज्यान मुद्दाका फरार रहेका एक अभियुक्त १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–११का ५४ बर्षीय बन काइलो भन्ने नरबहादुर भुजेल छन् ।
उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो गाउँघरमा नै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
विसं २०६२ साल फागुन ९ गते बिहान साढे ७ बजे भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट सोही ट्याक्टरका सहचालक टेकेन्द्र लिम्बू (ताम्लिङ) सडकमा खस्दा सोही ट्याक्टरले किच्दा लिम्बूको घटनास्थलमा नै मृत्यु भएको थियो ।
सो घटनापछि फरार ट्याक्टर चालक भुजेल १९ वर्षपछि पक्राउ परेका हुन् ।
पक्राउ परेका भुजेललाइ जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
View : 148
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved