Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर हार्डवेयर संघमा नयाँ नेतृत्व

साधारणसभाकै अवसरमा प्रमोदकुमार अग्रवाल (जिन्दल) को नेतृत्वमा रहेको समितिले नवगठित समितिलाई जिम्मेवारी हस्तान्तरण समेत गरेको छ ।
उद्‌घोष संवाददाता
२९ चैत २०८२, आइतवार

विराटनगर । विराटनगर हार्डवेयर संघको पाँचौ साधारणसभाले भानुभक्त पौडेलको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ समिति चयन गरेको छ ।

शनिबार विराटनगरमा सम्पन्न साधारणसभाबाट गठित समितिको प्रथम उपाध्यक्ष कमल अग्रवाल, द्वितीय उपाध्यक्ष देवीप्रसाद पोखरेल, महासचिव जितेश कोइराला, सचिव भरत खेतान र कोषाध्यक्षमा अनन्त निरौला  छन् ।

 यसैगरी समिति सदस्यहरूमा मणिराज प्रसाईं, गोविन्द अग्रवाल, अमित सिंघल, लक्ष्मीप्रसाद बराल, राजु श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद भट्टराई, मुकुल दाहाल, जीवन खड्का र राकेश अग्रवाल छन् ।

साधारणसभाकै अवसरमा प्रमोदकुमार अग्रवाल (जिन्दल) को नेतृत्वमा रहेको समितिले नवगठित समितिलाई जिम्मेवारी हस्तान्तरण समेत गरेको छ ।

अध्यक्ष भानुभक्त पौडेलले पदभार ग्रहण गर्दै हार्डवेयर व्यवसायीहरूको हकहित र अधिकारका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले व्यावसायिक क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरूलाई सामना गर्दै संघलाई थप संगठित र प्रभावकारी बनाउने दृढतासमेत प्रकट गरे ।

आगामी दुई वर्षको कार्यकालमा हार्डवेयर क्षेत्रको व्यावसायिक सुरक्षा र मर्यादालाई उच्च प्राथमिकतामा राख्ने नवगठित समितिको लक्ष्य लिएको छ ।

View : 252

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved