Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराटनगरमा हिरो एक्सचेन्ज मेला

उद्‌घोष संवाददाता
८ मंसिर २०८२, सोमवार

विराटनगर । हिरो मोटरसाइकलको आधिकारिक विक्रेता लक्ष्मी ट्रेडिङ हाउस प्रालिले आइतबारदेखि विराटनगरको बरगाछीमा एक्सचेन्ज मेला सुरू गरेको छ । आइतबारदेखि सुरू भएको एक्सचेन्ज मेला शुक्रबारसम्म चल्ने जनाइएको छ ।

बरगाछी उत्तरपट्टि राधारमण मन्दिर नजिकै लागेको एक्सचेन्ज मेलामा लक्ष्मी ट्रेडिङको तर्फबाट विभिन्न नगद छुटका साथै बाइक र स्कुटरका अति आवश्यक सामग्रीहरू निःशुल्क प्रदान गर्दै आएको जनाइएको छ ।

मेला अवधिभरमा मुनालपथस्थित हिरोको सोरूमबाट समेत कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा न्यूनतम् १० हजार रूपैयाँसम्म नगद छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको लक्ष्मी ट्रेडिङका प्रबन्धक प्रसन्नभक्त माथेमाले जानकारी दिए । उनले एक्सचेन्जमा कुनै पनि मोटरसाइकल वा स्कुटरको न्यूनतम् मूल्याङ्कन ३० हजार रूपैयाँसम्म हुने पनि बताए । 

साथै, कुनै पनि मोटरसाइकल एक्सचेन्ज गर्दा गरिएको मूल्याङ्कनमा कम्पनीका तर्फबाट थप १५ हजार रूपैयाँसम्म नगद थप गरिने पनि जनाइएको छ । 

एक्सचेन्ज मेलाका अवसरमा नयाँ मोटरसाइकल र स्कुटर खरिदकर्ता सबै ग्राहकलाई हेलमेट, बाइक कभर, म्याट र लेगार्ड पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

ग्राहकहरूको सुविधाका लागि कम्पनीले सहज रूपमा फाइनान्सका लागि समेत आवश्यक सुविधा प्रदान गरेको र त्यसका लागि नागरिकताको भरमा हिरो मोटरसाइकल तथा स्कुटरहरू चढ्न सकिने कम्पनीको भनाई छ ।

View : 349

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved