Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मुद्रण उद्योग संघ झापाको साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
२८ मंसिर २०८२, आइतवार

Advertisement

झापा । मुद्रण उद्योग संघ झापाको आठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 

कन्काई नगरपालिकास्थित पर्यटकीय क्षेत्र जामुनखाडीमा सम्पन्न भएको साधारणसभाको अवसरमा संघद्वारा स्थापित अक्षयकोषमा ५० हजार रुपैयाँ सहयोग गरेवापत टीका भट्टराई नेपाललाई पहिलो अक्षयकोषदाताको रूपमा सम्मान गरिएको छ ।

कार्यक्रममा दमकस्थित मनकामना स्टेसनरी एण्ड छापाखानाकी सञ्चालक तारा श्रेष्ठलाई मुद्रण उद्योगमा पुर्याएको योगदानको कदर गर्दै महिला उद्यमीको रूपमा सम्मान गरिएको छ ।

संघको अक्षयकोषमा हालसम्म दुई लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको अक्षयकोष संयोजक टंक निरौलाले जानकारी दिए । 

अक्षयकोषमा सहयोग गर्ने संघका अध्यक्ष रोहित भट्टराई, गोविन्द निरौला, विनोद दाहाल, भानुभक्त खनाल, पुण्यप्रसाद खतिवडा, रमेशकुमार बस्नेत, विष्णु इङ्नाम, राजु पोखरेल, विष्णु बराल, राजकुमार शाह (राजु), याम थुलुङ, अर्जुनबहादुर थापा, टंकप्रसाद निरौला, नारायण मण्डल, र भिष्मराज राजवंशीलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

नेपाल मुद्रण उद्योग संघका केन्द्रीय उपाध्यक्ष युवराज डाँगीको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रोहित भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका कोशी प्रदेश अध्यक्ष लवकुमार घिमिरे, महासंघका सल्लाहकार कृष्ण अधिकारी, कोशी प्रदेश सदस्य नरेश तुम्रोक, महासंघका सहकोषाध्यक्ष राजु पोखरेल, केन्द्रीय सदस्य गोविन्द निरौला, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल लगायतको सहभागिता थियो ।

View : 302

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved