विराटनगर । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काठमाडौं र चितवनमा पुस ६, ७ र ८ गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ ।
काठमाडौं उपत्यकामा यो कार्यक्रम संस्कार फाइन डाइन एण्ड इभेन्ट्स, ललितपुरमा हुने छ भने चितवनमा चितवनको मिलनचोकस्थित शो रूममै आयोजना हुनेछ ।
तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन इमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मूल्य ४६ लाख ९९ हजारबाट सुरू हुनेछ ।
प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनईडीसी रेन्ज ४९२ र ५८५ छ ।
उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ ।
सो विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved