Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

परिसंघको गेटमै चिसो पिउने पानीको व्यवस्था

उद्‌घोष संवाददाता
२० जेठ २०८३, बुधवार

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको कार्यालयको मुल प्रवेशद्वारमै चिसो पानी पिउने व्यवस्था गरिएको छ ।

सर्वसाधारण बटुवाका लागि पिउने पानी व्यवस्थापन गर्न फिल्टर मेसिन जडान गरिएको हो । 

बुधबार परिसंघ कोशी प्रदेश र रोटरी क्लब विराटनगर डाउनटाउनको पहलमा शुद्ध चिसो पिउने पानीको व्यवस्था गरिएको जनाइएको छ । 

विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेलको उपस्थितिमा परिसंघका अध्यक्ष पवनकुमार सारडा, कार्यकारी महानिर्देशक विजयहरि शर्मा, रोटरीका अध्यक्ष गिरिजा सारडा र परिसंघका पदाधिकारीहरूले पानी पिएर सेवा शुभारम्भ गरेका हुन् । 

फिल्टरसहितको चिसो पानी पिउने प्रणालीको सञ्चालन र व्यवस्थापन, विद्युत र खानेपानी महसुल परिसंघले गर्ने जनाइएको छ । 

यो सेवाबाट गर्मी मौसममा आम सर्वसाधारण नागरिकहरू, पैदल यात्रीहरूलाई राहत मिल्ने अपेक्षा गरिएको परिसंघले जनाएको छ ।

View : 109

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved