Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

यू–२० साफ च्याम्पियनसिप :

बंगलादेशको अग्रता दोब्बर, दबाबमा नेपाल

उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

विराटनगर । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बंगलादेशले दोस्रो हाफमा अग्रता दोब्बर पारेको छ ।

पहिलो हाफको अन्त्यतिर १–० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा गोल थपेको हो । 

दोस्रो हाफको ५४ औं मिनेटमा बंगलादेशले गोल थपेको हो । बंगलादेशका १० नम्बर जर्सीका मिराजुलले टिमका लागि पहिलो गोल गरेका थिए ।

नेपाल यो प्रतियोगिता अन्तरगत तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । साविक विजेता भारतलाई सेमिफाइनलमा स्तब्ध पारेको बंगलादेश भने पहिलो पटक च्याम्पियन बन्ने योजनामा अगाडि देखिएको छ ।

View : 57

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved