Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

सुन्दरहरैंचा कांग्रेस सभापतिमा कार्कीको उम्मेदवारी घोषणा

उद्‌घोष संवाददाता
३० भदौ २०८३, मङ्गलवार

Advertisement

सुन्दरहरैंचा । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन अन्तर्गत सुन्दरहरैँचा नगर सभापति पदमा सामाजिक व्यक्तित्व तथा लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रञ्जित कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । 

उनको उम्मेदवारीसँगै स्थानीय कांग्रेस वृत्तमा चर्चा बढेको छ । कार्कीले  विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीति सुरु गरेका हुन् । 

विसं २०४५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा थालेका उनले २०४६ सालमा बाल माध्यमिक विद्यालय हरकपुरको विद्यार्थी सभापति, २०४७ सालमा अमरदह गाविस नेविसंघ सदस्य तथा २०४८ सालमा नेविसंघ क्षेत्र नं. २ को उपसभापतिको जिम्मेवारी सम्हालेका थिए । 

त्यसपछि २०५२÷५३ सालमा जाँते गाविस कांग्रेस गाउँ कमिटी सदस्यका रूपमा काम गरेका कार्की २०५३ सालदेखि साविक इन्द्रपुर गाविसको विराटचोकमा बस्दै निरन्तर कांग्रेस राजनीतिमा सक्रिय छन् ।

उनले कोशीहरैंचा नगरपालिका कांग्रेस सचिवलगायतका जिम्मेवारी सम्हाल्दै  सुन्दरहरैंचा नगरपालिका समायोजनपछि पनि नगर सचिव तथा उपसभापतिको भूमिकामा काम गरेको बताएका छन् । 

लामो राजनीतिक अनुभवसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय कार्की स्वच्छ र सहयोगी व्यक्तित्वका रूपमा परिचित रहेको समर्थकहरूको दाबी छ ।

कार्कीले आफू पदका लागि मात्र नभई पार्टी संगठनलाई थप मजबुत, गतिशील र एकताबद्ध बनाउने उद्देश्यले उम्मेदवारी दिने बताएका छन् । 

सबै तहका नेता–कार्यकर्तालाई समेट्दै वडा तहदेखि संगठन सुदृढ गर्ने, युवालाई अवसर दिने तथा अनुभवी पुस्ताको ज्ञान र नयाँ पुस्ताको ऊर्जालाई एकीकृत गर्दै अघि बढ्ने उनको योजना छ । 

आफू नगर सभापतिमा निर्वाचित भए आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई थप बलियो बनाउँदै सुन्दरहरैंचामा पार्टीको पुनः विजयका लागि योजनाबद्ध रूपमा अघि बढ्ने कार्कीले बताएका छन् ।

View : 39

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved