विराटनगर । नरेश श्रेष्ठ मेमोरियल वाईवाई अन्डर–१९ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न कोशी प्रदेशबाट २४ जना खेलाडी बन्द प्रशिक्षणमा छनौट भएका छन् । प्रदेशस्तरीय छनौट चरणबाट उनीहरू छानिएर बन्द प्रशिक्षणमा पठाइएको कोशी प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
संघले मंगलबार बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूको नाम सार्वजनिक गरेको हो । बन्द प्रशिक्षणका लागि कात्तिक २ देखि विराटनगरमा सुरू भएको छनौट खेलबाट छानिएका २४ जना खेलाडीको नाम संघले सार्वजनिक गरेको छ ।
संघका सचिव टिकाराम पुरीका अनुसार बन्द प्रशिक्षणका लागि सौजन घिमिरे, भुपाल दंगाल, दिपु भुजेल, सोनु अन्सारी, रोशन शाह, कृत्तिक कामत, प्रेम कामत, फेइसल रहमान, विपिन महतो, अशिर राना मगर छनौटमा परेका छन् ।
त्यसैगरी संगम बुढाथोकी, रोबिन मण्डल, आयुष कार्की, हार्दिक गोथिया, आइन्स्टाइन रिजाल, खगेन्द्र खत्री, अमर यादव, देवराज गुरूङ, सिवास बजगाईँ, विक्रम कार्की, रूद्र प्रसाद शाह, रिजन आङ्देम्बे, आश्विन कामत र प्रतिक पोखरेल रहेका छन् ।
कात्तिक १० देखि सुरू हुने नरेश श्रेष्ठ मेमोरियल वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेल कोशी प्रदेश र मधेश प्रदेशबीच हुने तय भइसकेको छ ।
नेपाल क्रिकेट संघले शुक्रबार नै खेल तालिका सार्वजनिक गरिसकेको छ । कात्तिक २० सम्म विराटनगरको बैजनाथपुर रंगशाला र एमबीजे क्रिकेट ग्राउण्डमा यो प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा सातै प्रदेशका टोलीले सिंगल राउण्ड रोविन लिगका आधारमा खेल्दैछन् ।
लिग चरणबाट शीर्ष दुई टोली छनौट हुने र उनीहरूले फाइनल खेल्ने जनाइएको छ ।
यो प्रतियोगिताबाट एसीसी यु–१९ एसिया कप र नेपालमै हुने यु–१९ विश्वकपको एसिया छनोटमा खेल्ने टोलीका लागि उत्कृष्ट खेलाडी छनौट गर्ने क्यानको तयारी रहेको छ ।
View : 362
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved