Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

न्यूरोमा छारेरोग सचेतना कार्यक्रम

उद्घोष सम्वाददाता
११ चैत २०८०, आइतवार

विराटनगर । विश्व छारेरोग दिवसको अवसर पारेर न्यूरो हस्पिटलले सप्ताहब्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । अस्पतालले पत्रकार सम्मेलन गरी समाजमा छारेरोगप्रतिको व्याप्त अन्धविश्वास हटाई समयमा नै उपचार गरे सो रोग निको हुन्छ भन्ने सन्देश दिन साताव्यापी विभिन्न कार्यक्रम गरिने जानकारी दिएको छ ।

अस्पतालका आउट रिच विभागका कार्यक्रम संयोजक भारत श्रेष्ठले अस्पतालको स्थापना कालदेखि हालसम्म २५ हजार भन्दा बढी छारेरोगका बिरामीहरूको सफल उपचार गरिसकेको र अहिले पनि ३ हजार भन्दा बढी बिरामीहरू नियमित उपचारको क्रममा रहेको जानकारी दिए । 

उनले अस्पतालको स्थापना कालदेखि बिभिन्न सघं संस्थासँग सहकार्य गरेर धेरै सचेतनाकमूलक कार्यक्रम गर्दै आएको बताए । सप्ताहब्यापी कार्यक्रम अन्तरगत अस्पतालले शुक्रबार बिभिन्न विद्यालयमका विद्यार्थीहरूबीच छारे रोग सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई मंगलबार पुरस्कार बितरण गरिने अस्पतालले जनाएको छ । 

त्यस्तै विश्व छारेरोग दिवस (मार्च २५) का दिन अर्थात मंगलबार सचेतनामूलक प्रभातफेरी कार्यक्रम गर्ने भएको छ । सो अवसरमा चैत ११ गतेदेखि १६गतेसम्म छारे रोग सम्बन्धी उपचार सेवाको लागि अस्पतालले ओपीडी सेवा निःशुल्क राखेको छ ।

बिहान १०ः३० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपिडी सेवामा अस्पतालका निःशुल्क ओपीडीमा अस्पतालका न्यूरोलोजिष्ट डा वीरेन्द्र विष्ट, न्यूरो सर्जन डा यामबहादुर रोक्का र न्यूरो साइक्याट्रिक डा रञ्जन थापालगायत पाँच जना विशेषज्ञ चिकित्सक रहने र स्वास्थ्य जाँच गरिएका विरामीहरूको लागि औषधि पनि वितरण गरिने हस्पिटलले जनाएको छ । 

कार्यक्रमको अन्तिम दिन अस्पतालले छारेरोगका बिरामी र अभिभावकहरूले भोगेका अनुभव, समस्या लगायतका विषयमा अनुभव साटासाट गर्ने समेत कार्यक्रम रहेको अस्पतालले जनाएको छ । 

विश्वको एक प्रतिशत जनसंख्यामा यो रोग देखिएको तथ्यांकका आधारमा नेपालमा ३ लाख यो रोगका विरामी हुन सक्ने अनुमान गरिएको छ । प्रत्येक १ सय जनामध्ये एक जनामा छारे रोग देखिने बिभिन्न तथ्यांकले देखाए पनि बालबालिकामा यो रोगको प्रभाव बढी देखिएको चिकित्सकहरू बताउँछन् । ३ वर्षसम्म निरन्तर औषधि सेवनबाट यो रोग निको हुने चिकित्सकहरूको भनाइ छ ।

View : 104

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved