विराटनगर । उद्योग संगठन मोरङले आगामी माघ ११ देखि २० गतेसम्म आयोजना गर्न लागेको आठौं संस्करणको ‘विराट एक्स्पो–२०२५’ मा नयाँ युवा उद्यमीलाई आकर्षित गर्न इन्कुवेशन सेन्टर स्थापना गरिने भएको छ ।
विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदान आयोजना हुन लागेको एक्स्पोमा औद्योगिक उत्पादन र व्यापारिक वस्तुको मात्रै प्रर्दशनी नभई नयाँ उद्यमी व्यवसायीबीच व्यवसायिक सम्बन्धको विकास, नयाँ प्रविधिको पहिचान गर्न र नविनतम् व्यवसायिक बिचार भएका युवाहरूलाई उद्यमशिलतामा रुपान्तरण गर्न इन्कुवेशन सेन्टर स्थापना गरिने जनाइएको छ ।
एक्स्पोमा नयाँ युवाहरूलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।
संगठनले विगत तीन बर्षदेखि सफलतापूर्वक सञ्चालन गर्दै आएको स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई थप व्यवस्थित बनाउन संघीय सरकार, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिकाको सहकार्यमा एक्स्पोमा इन्कुवेशन सेन्टर स्थापना गरिने उनले बताए ।
उक्त इन्कुवेशन सेन्टरको औपचारिक सुरुवात र परीक्षणका लागि डेमो इन्कुवेशन कार्यक्रम सञ्चालन गर्न ‘भिजन कोशी हाकाथन सञ्चालन गरिंदैछ ।
उक्त हाकाथनमा नयाँ व्यवयसायिक सोच र विचारयुक्त युवाहरूबीच १० दिनसम्म प्रतिष्पर्धात्मक कार्यशाला गराइने जनाइएको छ ।
उक्त कार्यशालाबाट छनोट भएका स्टार्टअपहरुलाई आवश्यक पर्ने सबै प्रकारको सेवा उपलब्ध गराएर ‘मकअप प्रोटोटाइप’ बनाउन सहयोग गरिने संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए ।
साथै प्रतिष्पर्धीहरुलाई आवश्यक व्यवासायिक सेवा, लगानीकर्तासँग भेटघाट गराइने र उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिने उनले जानकारी दिए ।
२०५३ सालदेखि संगठनले सुरु गरेको एक्स्पोलाई आठौं संस्करणसम्म आइपुग्दा अझ प्रभावकारी बनाउन इन्कुवेशन सेन्टरले मद्दत पुग्ने उनले बताए ।
View : 31
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved