Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सरकारप्रति कृष्ण पहाडीको टिप्पणी: ‘वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गर्दैछ’

उद्घोष सम्वाददाता
२२ पुष २०८०, आइतवार

विराटनगर । मानवअधिकारवादी कृष्ण पहाडीले माओवादी नेतृत्वको वर्तमान सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

वीरगञ्जमा भएको मानव अधिकार तथा शान्ति समाजको २६औं राष्ट्रिय परिषद् बैठकमा बोल्दै समाजका संस्थापक सभापति पहाडीले क्षेत्रीय, जातीय, धार्मिक लगायत संवेदनशिल विषयतर्फ सरकारका मन्त्रीहरु अराजक रुपमा प्रस्तुत भएको र सरकारका कारण देश र समाज जोडिनेभन्दा तोडिने काम भइरहेको बताए । 

पहाडीले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । सोही  कारण सरकार नागरिकसँग डराएर निषेधात्मक, दण्डात्मक, प्रतिबन्धात्मक र प्रतिशोधात्मक मार्गमा अघि बढेको बताए ।

लोकतन्त्र धरापमा परेको भन्दै पहाडीले भ्रष्ट नेतालाई कारबाही गरी लोकतन्त्र जोगाउन आह्वान गरे ।

समाजको परिषद् बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले भ्रष्टाचारका हरेक ठुला काण्डमा शिर्ष नेताहरुको संलग्नता रहेको र भ्रष्टाचारमा सर्वदलीय सहमति हुने गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीको संलग्नता रहेका भ्रष्टाचारका दर्जनौं काण्डबारे जानकारी गराएका थिए ।

समाजको परिषद् बैठकलाई दलित, जेष्ठ नागरिक, एकल र विपन्न सिमान्तिकृत समुदायका चार जना महिलाहरुले मैनवत्ती प्रज्वलन गरी उद्घाटन गरेका थिए । 

View : 164

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved