Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षा सेवा निवृत्त कर्मचारी समाजको अध्यक्षमा कट्टेल

उद्घोष सम्वाददाता
९ मंसिर २०८०, शनिवार

विराटनगर, ९ मंसिर : शिक्षा सेवाबाट सेवा निवृत्त कर्मचारीहरूको भेलाले दिव्यराज कट्टेलको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन गरेको छ । शनिबार विराटनगरमा आयोजित भेलाले शिक्षा सेवा निवृत्त कर्मचारी समाज कोशी प्रदेशको तदर्थ समितिको अध्यक्षमा निवृत्त उपसचिव कट्टेललाई सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा युवराज पाण्डे, सचिवमा डिल्लीराम अधिकारी र कोषाध्यक्षमा लीलानाथ गौतम  चयन भएका हुन् । 

सदस्यहरूमा प्रेम गौतम, टेकनाथ रेग्मी, कुमारी अम्बिका साह, पुष्प बराल र शम्भु भट्टराई चयन भएको जनाइएको छ । समाजको तीन सदस्यीय सल्लाहकार समितिमा टेकेन्द्रबहादुर कार्की, अर्जुन निरौला र नगेन्द्रमणि न्यौपानेलाई चयन गरिएको अध्यक्ष कट्टेलले जानकारी दिए ।
समाजको नीति तथा विधान मस्यौदा समितिमा अशोक कालाखेती, बाबुराम पोखरेल र खुलानाथ रेग्मीलाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ । 

शिक्षा सेवा क्षेत्रमा लामो समय काम गरेर निवृत्त भएका कोशी प्रदेशभरिका शिक्षाकर्मीहरुलाई सङ्गठित गर्दै उनीहरूको ज्ञान र क्षमताको उपयोग गर्ने उद्देश्यले समाजको गठन गरिएको हो । 

ज्येष्ठ शिक्षाकर्मी टेकेन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भेलालाई शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम र सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्री र दामोदर फुयल लगायतले शुभकामना दिएका थिए ।

View : 192

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved