Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

स्रोत नखुलेको ठूलो परिमाणको रकम बरामद

उद्‌घोष सम्वाददाता
२७ मंसिर २०८१, बिहिवार

विराटनगर । रंगेली नगरपालिका–८ स्थितबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित एक जना महिलालाई पक्राउ गरिएको छ । 

मंगलबार रंगेली–८ दर्वेशाकी ६५ बर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको  करिब साढे ४७ लाख रकम प्रहरीले बरामद गरेको हो  । 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको १ हजार र ५ सय दरका  नेपाली रुपैयाँ ४७ लाख ४९ हजार बरामद गरेको हो । 

उक्त रकम वरामद भएसँगै घरधनी अग्रवाल समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 94

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved