विराटनगर । गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले विराटनगर–४ ले आयोजना गरेको भजन कीर्तन प्रतियोगितामा विराटनगर– ४ को ज्योतिनगर भजन समूह प्रथम भएको छ ।
प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुँदै ज्यातिनगरले नगद १५ हजार पुरस्कार प्राप्त गरेको छ । यस्तै श्यामसुन्दर भजन समूह दोस्रो हुँदै नगद १० हजार र श्री किशन भजन समूहले तेस्रो हुँदै नगद ५ हजार प्राप्त गर्यो । तीनवटै समूहका तर्फबाट क्रमशः बिमला बुढाथोकी, लीला बास्तोला र गायत्रा नेउपानेले पुरस्कार र प्रमाणपत्र ग्रहण गरेका थिए ।
४२ समूहबाट करिब ५०० जनाले प्रत्यक्ष सहभागिता जनाएको प्रतियोगितामा विभिन्न धर्म सम्प्रदायसंग सम्बन्धित भजनहरू प्रस्तुत भएका थिए । सहभागी सबै समूहलाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको एमाले वडाध्यक्ष नवराज काफ्लेले बताए ।
बटुकहरूद्वारा स्वस्ती वाचन र शङ्खघोषसहित कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका नेता विनोद ढकाल, खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेत, एमाले नेतृ सरस्वती भण्डारी, एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, विराटनगर महानगर अध्यक्ष सागर थापा, वडाध्यक्ष जितन थापा, प्रेस चौतारी मोरङ अध्यक्ष सुदिप कोइरालालगायतको उपस्थिति थियो ।
View : 190
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved