Biratnagar, Morang, Nepal
२० असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

विपदमा स्काउटको भूमिका महत्वपूर्ण: मेयर कोइराला

उद्घोष सम्वाददाता
२३ असार २०८१, आइतवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवीप्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 

आइतबार विराटनगरमा आयोजित स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषदका संरक्षकसमेत रहेका मेयर कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाउनुपर्नेमा जोड दिए । स्काउटले रक्तदान, बाढी पहिरो र डुबानपीडितको उद्धारलगायतमा सक्रिय हुनुपर्नेमा उनले  जोड दिए । 

उपमेयर शिल्पा निराला कार्कीले स्काउटले समाजलाई अनुशासित बनाउन भूमिका खेलेको चर्चा गरिन् । कार्यक्रममा मेयर कोइरालालाई राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यकारी समितिका सदस्य (आयुक्त) नवलप्रसाद उपाध्यायले दीक्षित गराएका थिए ।

त्यस्तै स्थानीय स्काउट परिषद् सदस्यहरूलाई पनि विराटनगर महानगरपालिकाकी उपमेयर तथा स्थानीय स्काउट प्रमुख शिल्पा निराला कार्कीले सपथ गराएकी थिइन । कार्यक्रममा स्काउटका सहफ्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुत्त सुदर्शन भट्टराई, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए । 

View : 138

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved