Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

कन्याम घुमेर फर्किएको बस दुर्घटना हुँदा एक बालकसहित दुईजनाको मृत्यु, एउटै गाउँका ३४ जना घाइते

उद्‌घोष सम्वाददाता
४ मंसिर २०८०, सोमवार

विराटनगर : इलामको कन्याम घुमेर फर्किने क्रममा बस दुर्घटना हुँदा धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय अर्पण लामा र ३५ वर्षीया मनवति लामाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे भएको दुर्घटनामा ३४ जना घाइते भएका थिए ।

जनकपुरबाट शैक्षिक भ्रमणका लागि गएको ना ६ ख ८४२४ नम्बरको बस इलामको रोङ गाउँपालिका–३ स्थित लसुनेमा सडकबाट तीन सय मिटर तल खोँचमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले दुर्घटनामा आइतबार साँझ एक बालकको मृत्यु भएको जानकारी गराएका थिए । खाेँचबाट उद्दार गरी उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा पठाइएका सवै घाइतेको उपचार जारी छ । उपचारकै क्रममा तुल्माको मृत्यू भएको जनाइएको छ । 

बसमा सवार सबै यात्रु धारापानीकै हुन् । घाइतेहरूमा एकजना प्रहरी हवल्दार पनि छन् । प्रहरीका अनुसार घाइते हुनेमा ४० वर्षीय प्रहरी हवल्दार बिरबहादुर मोक्तान र दुई वर्षीया नाबालिका स्नेहरिका लामा छन् । दुर्घटनामा १६ जना बालबालिका घाइते भएका छन् । 

जिल्ला फ्रहरी कार्यालय इलामका अनुसार घाइते हुनेहरूमा २० वर्षीया गणेशकुमारी मोक्तान, समीक्षा मोत्तान (११), शेखर मोक्तान (१२), निर्जला मोत्तान (१२), अञ्जु लामा (३६), रिजा लामा (९), काजल नायक (११), निकिसा मोक्तान (१४), रितु लामा (११), सुनमाया लामा (४०), कविता घिसिङ (२०), सौगात लामा (१३), बर्षा तामाङ (१४), सिद्धार्थ तामाङ (१५), स्वेच्छा लोप्चन (१७), बिबिसा मोक्तान (१२), रोजिना तामाङ (१५), कल्पनाकुमारी लामा (२८), शान्ता पाख्रिन (३१), सन्ध्या मोक्तान (१८) र तुल्मा लामा (४०) घाइते भएका छन् ।

त्यसैगरी मनवति लामा (३५), ज्ञानु लामा (३०), प्रतीक्षा लामा (१८), लालकुमारी लामा (४५), करण मोक्तान (१५), कुसुम घिसिङ (१६), शान्तामाया तामाङ (६०), अनिल परियार (३५), रचना घिसिङ (३०), सञ्जिब तामाङ (३५), रेणु घिसिङ (१६) र समीक्षा लामा (१६) रहेका छन् । 

बसमा विद्यार्थीहरू र उनीहरुका केही अभिभावकहरु पनि थिए । बसबाट उछिट्टिएका केही यात्रुहरू रुखको हाँगामा समेत अड्किएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको थियो ।

View : 209

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved