Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

पुष्पदर्शन सहकारीमा तिम्सिना

उद्‌घोष सम्वाददाता
२४ भदौ २०८१, सोमवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१० स्थित पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्थाको १८ औं साधारण सभाले डोलेश्वर तिम्सिना (नवीन) को अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत रूपमा चयन गरेको छ । 

समितिको  उपाध्यक्ष पुष्पा तिम्सिना, सचिव ध्रुव दाहाल, सहसचिव बिकास बजगाईं र कोषाध्यक्षमा बिमला राई चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा बद्री कटुवाल, तेजकुमार श्रेष्ठ, बिना ढकाल, डिल्ली चौंलागाईं, सोमनाथ लामिछाने, गणेश पोखरेल, कमल लुइटेल र मोहन राई चयन भएका छन् । 
लेखा समिति संयोजकमा पुरूषोत्तम नेपाल, सदस्यमा सुनिता राई र यज्ञमणि निरौला चयन भए । 

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाका सचिव डोलेश्वर तिम्सिनाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव ०८०–८१ को प्रगति प्रतिवेदन र आव ०८१–८२ को प्रस्तावित कार्य योजना प्रस्तुत गरेका थिए । 

कार्यक्रममा लेखा समिति सदस्य केशवप्रसाद गौतमले लेखा तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन प्रस्तुत गरेका थिए । 

सहकारीको साधारण सभामा रेखा राईलाई उत्कृष्ट  बचत कर्ता पुरस्कार तथा असल ऋणी पुरस्कारबाट रघुधामी थारू, खगेन्द्रप्रसाद ओझा र उषादेवी ढकाललाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी सृष्टि माझीलाई उत्कृष्ट बालबचत पुरस्कार तथा जेष्ठ सदस्य सम्मानमा आनन्दलाल घिमिरे र रामकुमारी राईलाइ पुरस्कृत गरिएको थियो । 

यस्तै पूर्व अध्यक्ष पूर्णप्रसाद ढकाल र होमनाथ खनाललाइ सम्मान गरिएको थियो ।

View : 120

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved