सुनसरी । पूर्वी नेपालका बालबालिकाहरूमा अटिजमको समस्या बढ्दो देखिएपछि अभिभावकलाई तालिम दिइएको छ । अटिजमका बारेमा धेरै अभिभावकहरूलाई जानकारी नहुने हुँदा बच्चाहरूमा समस्या जटिल बन्ने गरेको छ ।
धेरै अभिभावकहरूलाई आफ्ना बच्चा किन फरक छन् भन्ने थाहा नहुँदा समस्या जटिल बन्दै गएको देखिएपछि तालिम दिइएको हो ।
बालबालिकाहरूमा बढी मात्रामा देखिने अटिजमका लक्षणहरू देखा परेसँगै परिवार र समाजमा समेत चिन्ता बढ्दै गएपछि अभिभावकहरूलाई सचेतना दिन तालिम दिइएको बताइएको छ ।
काठमाडौंको वेतेस्डा ग्रेसल्याण्ड एकेडेमीसँगको सहकार्यमा इटहरीस्थित अभनिश चाइल्ड केयर सेन्टरले इटहरीमा १५ दिने ‘अभिभावक–बालबालिका तालिम’ आयोजना गरेको हो ।
तालिमको शनिबार समापन गरिएको छ । वेतेस्डा ग्रेसल्याण्ड एकेडेमीको सञ्चालक तथा अटिजम क्षेत्रको वरिष्ठ प्रशिक्षक एन्जी डेन्जेङ्पाले ‘अभिभावक–बालबालिका तालिम’ को प्रशिक्षण दिएका थिए ।
पूर्वी नेपालमै पहिलो पटक अटिजम भएका बच्चाहरूका अभिभावकहरूलाई अटिजमका बारेमा सचेतना तालिम दिइएको आयोजकले जनाएको छ ।
दुई हप्ते तालिममा सुनसरी, मोरङ, झापा, उदयपुरका ३० जना अटिजम भएका बच्चाहरूको अभिभावकको सहभागीता थियो । तालिममा अटिजम भएका बालबालिकाहरूलाई कसरी हेरचाह गर्ने र सामान्य जीवनयापन गर्न सहयोग पुग्ने तरिका सिकाउनका साथै आधारभूत थेरापीको बारेमा प्रशिक्षण गराइएको थियो ।
View : 214
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved