Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

उर्लाबारीको अरनिको हस्पिटलका डाक्टर डेरामै मृत फेला

उद्घोष सम्वाददाता
१० साउन २०८१, बिहिवार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ स्थित अरनिको हस्पिटलका डाक्टर मनिषकुमार यादव आफ्नै डेरामा मृत फेला परेका छन् । उनी बिहीबार बिहान कोठामा मृत भेटिएका हुन् । 

३३ वर्षीय डाक्टर यादव हस्पिटलकै पछाडि स्थानीय सरिता धिमालको घरमा डेरामा बस्दै आएका थिए । उनी धनुषाको औरही गाउँपालिका–१ पुरनदहिया निवासी रहेको जनाइएको छ ।

बिहीबार बिहान कोठामै उनी मृत भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनले आफन्तहरू आइसकेका कारण शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको बताए ।

डाक्टर यादव डेढ बर्षयता अरनिको अस्पताल उर्लाबारीमा रेडियोलोजिस्टका रुपमा कार्यरत रहेका थिए ।

उनको कोठाभित्र मानसिक रोगसम्बन्धी औषधीहरू भेटिएको प्रहरीले जनाएको छ ।

View : 397

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved