Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

शुद्ध खानेपानी आउने तरिकाबारे विद्यार्थीलाई जानकारी

उद्‌घोष संवाददाता
२ असोज २०८२, बिहिवार

विराटनगर । विराटनगरमा खानेपानी प्रणालीको सुधारमा संलग्न आयोजनाले धारामा कसरी शुद्ध खानेपानी आइपुग्छ भन्ने जानकारी विद्यार्थीहरूलाई दिएको छ । 

विराटनगर–५ स्थित सिद्धकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई आयोजनाले उपभोक्ताको धारामा आइपुग्ने पानीलाई शुद्ध बनाएर कसरी आइपुग्छ भन्ने जानकारी गराएको हो ।

विराटनगरमा खानेपानी सुधार आयोजना सञ्चालन गरिरहेको जापानी कम्पनी सिमुजु कर्पोरेशन र याचियो इञ्जिनियरिङ कम्पनी लिमिटेडले खानेपानीको ओभरहेड ट्याङ्की निर्माणस्थलसँग जोडिएको उक्त विद्यालयका विद्यार्थीलाई परियोजनाबारे जानकारी गराएको हो । 

विद्यालयका कक्षा ४ र ५ का विद्यार्थीहरूलाई शुद्ध खानेपानी र समुदायमा सरसफाईको अवस्था, पूर्वाधार विकासमा भइरहेका नयाँ प्रविधिको प्रयोग लगायतका विषयमा जानकारी गराइएको योचियो इञ्जिनियरिङ कम्पनी लिमिटेडका जनसम्पर्क संयोजक अरविन्द कर्णले जानकारी दिए ।

जापानको टोकियोस्थित सिमुजु कम्पनीको केन्द्रीय कार्यालयका प्रतिनिधिले कम्पनीको कामको बारेका जानकारी गराएका थिए । 

उक्त अवसरमा विद्यार्थीहरूलाई याचियो कर्पोरेशनका राजेश कुसियत, इञ्जिनियरहरू उत्सव खड्का, प्रतीक्षा बास्तोला, यसपाल थापा लगायतले सहजीकरण गरेका थिए ।

View : 528

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved