Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लैंगिक समानता तथा समावेशीकरण कार्यशाला

उद्‌घोष सम्वाददाता
१ माघ २०८०, सोमवार

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ ।

पहिलो कार्यशालाबाट प्राप्त मूल्याङ्कनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको कार्यशालामा महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा चन्द्र उपाध्याय तिम्सिनाले सहजीकरण गरेका थिए ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण दिग्दर्शन–२०७८ अनुसार स्थानीय तहले स्वमूल्यांकन र स्वपरीक्षण गर्न पाउने व्यवस्था छ । 

त्यस्तै स्वतन्त्रविज्ञलाई सहजकर्ता तोक्ने व्यवस्थाअनुसार महानगरपालिकाले डा तिम्सिनालाई सहजीकरणका लागि विज्ञका रुपमा तोकेको हो । कार्यशालामा आगामी आर्थिक वर्षका लागि लैंगिक समानता र समावेशीकरणका क्षेत्रमा अपनाउनुपर्ने कार्यदिशासमेत तय गरिएको थियो ।

आर्थिक वर्ष २०७९–८० को लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परीक्षण गर्दै आगामी वर्षका लागि सुधारसहितका योजना गरिने कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

View : 234

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved