Biratnagar, Morang, Nepal
१ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

झापामा होटल मालिक र कामदारद्वारा १६ वर्षीया बालिका माथि सामूहिक बलात्कार

उद्‌घोष सम्वाददाता
९ भदौ २०८१, आइतवार

विराटनगर । झापाको अर्जुनधारा–७ स्थित एक होटलका मालिक र त्यहाँका कामदारहरूले युवतीमाथि सामूहिक बलात्कार गरेका छन् । बलात्कार गरेको आरोपमा प्रहरीले होटल संचालक लंका राजवंशीसहित ६ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीका अनुसार अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशी सहित ६ जनाले शुक्रबार राती १६ वर्षीया एक बालिकालाई बलात्कार गरेका थिए ।

ती बालिका माथि होटलमा पुर्‍याएर उनीहरूले सामूहिक बलात्कार गरेको जनाइएको छ ।

बलात्कारमा संलग्न होटल संचालक राजवंशीसहित अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राईलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरी स्रोतले भन्यो– ‘पहिले हाट लाग्ने ठाउँमा जबरजस्ती करणी गरेको र त्यसपछि होटलमा पुर्‍याएर पनि जबरजस्ती गरेको पीडित बालिकाको उजुरीमा उल्लेख छ ।’

पीडित बालिकाले शनिबार प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेको जनाइएको छ ।

View : 121

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved