Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पताललाई मागिखाने भाँडो नबनाउँ : स्वास्थ्य सचिव पोखरेल

उद्घोष सम्वाददाता
१३ भदौ २०८१, बिहिवार

विराटनगर । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कोशी अस्पताललाई मागिखाने भाँडो नबनाउन आग्रह गरेका छन् । उनले अस्पताललाई जनतालाई सेवा दिने ठाउँ बनाउन आग्रह गरे ।

मन्त्रालयले अस्पतालमा रहेको एनआईसीयू संचालन गर्न पटक पटक आग्रह गरेपनि अहिलेसम्म संचालन हुन नसकेको प्रति सचिव पोखरेल अस्पताल प्रशासनसँग रुष्ट बनेका हुन् ।

स्वास्थ्य क्षेत्रमा आफूले लामो समय काम गरेको अनुभवका आधारमा सबैभन्दा गारो कोशी अस्पतालमै काम गराउन भएको भन्दै मेडिकल सुपरिटेन्डेन्ट डा. रविन राज सिंहप्रति असन्तुष्टि पनि व्यक्त गरे । ‘लामो समय स्वास्थ्य क्षेत्रमा काम गर्दा सबैभन्दा गारो कोशी अस्पतालमै काम गराउँदा लाग्ने गरेको छ, कर्मचारीहरूलाई मेरो निर्देशन छ, कोशीलाई मागिखाने भाडो नबनाउँ’ कोशी अस्पतालको पूर्व मेसु समेत रहेका सचिव पोखरेलले भने, ‘यसलाई जनतालाई सेवा दिने ठाउँ बनाऔं ।’

उनले अस्पतालमा कुनै काम भएन वा बिग्रियो भने भन्ने मेसु र अस्पताल विकास समितिको अध्यक्षलाई नै भनिने गरेको बताए । उनले कुनैपनि अस्पताल स्थानीय, प्रदेश र केन्द्रको भन्ने नै नहुने बताए । भएको साधन स्रोतको भरपुर उपयोग गरेर अस्पतालबाट जनतालाई सेवा दिन सचिव पोखरेलले आग्रह गरे । साथै निर्माणाधीन अस्पतालको नयाँ भवनको निर्माणको गति सुस्त भएको भन्दै त्यसमा समेत ध्यानाकर्षण गराए ।

‘अझै परिष्कृत भएर काम गरिदिनुस्, मलाई पनि यही उपचार गरिदिने बाटो बनाइदिनु हुन अनुरोध छ’ उनले भने, ‘छेउमै बिल्डिङ बन्दैछ अध्यक्ष र मेसु सर, यहाँको मेयर जनप्रतिनिधिहरू, बिल्डिङ नबनीकन थप सेवा बिस्तार पनि गाह्रो छ ।’

View : 137

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved