Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त

उद्घोष सम्वाददाता
१५ जेठ २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सभामा पेश भएको आगामी आर्थिक बर्ष २०८१/८२ को विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकताहरुमाथिको छलफल सकिएको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले आइतबार प्रदेश सभामा पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताहरुमाथि सोमबार छलफल भएको हो । छलफलमा प्रदेश सभाका २२ जना प्रदेश सभा सदस्यहरुले आफ्नो धारणा र सुझाव प्रस्तुत गरेका थिए ।

सभामुख अम्बर बहादुर बिष्टले मन्त्री मगरलाई छलफलमा उठेका विषयहरुलाई सम्बोधनसहित मन्तव्य राख्न आग्रह गरेका थिए ।

मन्त्री मगरले यथार्थको जगमा उभिएर सरकारले योजनाको कार्यन्वयन अघि बढाउने बताए । उनले संघीय अनुदानहरु घट्दै गएका कारण प्रदेश सरकारको आर्थिक अवस्था कमजोर बनेकोले सोच बिचार गरेर मात्रै सरकारको आर्थिक नीति निर्माण गर्ने बताए ।

छलफलका क्रममा रचनात्मक सुझाव प्राप्त गरेको भन्दै आगामी नीति तथा कार्यक्रममा त्यस्ता विषयलाई समेटेर अघि बढ्ने उनले आश्वासन दिए ।

View : 209

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved