Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बनिनसक्दै भत्कियो नाला

उद्‌घोष सम्वाददाता
२४ साउन २०८१, बिहिवार

विराटनगर । विराटनगर–३ स्थित पोखरिया स्कुलको पश्चिमपटि निर्माणकै चरणमा रहेको सडक नाला भत्किएको छ । बर्षापछि नालाको भित्तोतिरबाट माटो खस्दा पुनः बनाउनु पर्ने गरी सडक नाला भत्किएको हो ।

विराटनगर महानगरपालिकाले करिव ६ लाख रूपैयाँको लागतमा उक्त सडक नाला निर्माण गरेको जनाइएको छ । नालाको निर्माणका लागि जिम्बा एस जेभीले ठेक्का लिएको थियो । बनिनसक्दै नाला भत्किएपछि स्थानीयले सास्ती भोगेका छन् ।

एक महिनाअघि नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा त्यहाँका धेरै घरका हाता पर्खालसमेत भत्किएको थियो । निरन्तरको बर्षाका कारण नाला निर्माण प्रभावित भएको थियो । स्थानीयले नाला निर्माणमा गुणस्तर कायम नभएको र सम्बन्धित निकायहरूले अनुगमन नगरेको गुनासो गरेका छन् ।

स्थानीय व्यवसायी निरज ‘ब्लाक’ ले विकास निर्माणका काममा हुने गरेका लापरवाहीकै निरन्तरता भएको बताए । उनले लामो समयदेखि नाला निर्माण सम्पन्न नहुँदा आफ्नो हार्डवेयर व्यवसाय नै धरासायी बनेको गुनासो गरे ।

‘कहिले निर्माण गर्ने, कहिले सक्ने भन्ने हुनुपर्यो नि, कसैलाई कुनै निकायको डर भर भएन’ उनले प्रश्न गरे, ‘सानो तिनो काममा त यस्तो लापरवाही हुन्छ भने अब कसले कारवाही गर्ने ?, कसरी कारवाही गर्नसक्ने ?’ उक्त सडक नाला १५ दिनअघि मात्रै निर्माण गरिएको थियो । तर पूर्ण रूपमा निर्माण भई नसकेको जनाइएको छ ।

View : 226

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved