Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

उद्‌घोष संवाददाता
१५ जेठ २०८३, शुक्रवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल मात्र होइन, यो नेपाल र नेपालीको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताए ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा एक शुभकामना सन्देश जारी गर्दै उनले सो धारणा व्यक्त गरे ।

मुख्य मन्त्री कार्कीले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमालहरु पग्लिने, सुक्ने तथा हिमाली पर्यावरणीय प्रणालीमा गम्भीर संकट उत्पत्र हुने जोखिम बढ्दो रहेको बताए ।

मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा कोशी प्रदेश सरकार हिमाली पर्यावरण संरक्षण, सुरक्षित पर्वतीय पर्यटन र दिगो विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने दृढ सङ्कल्पित रहेको उल्लेख गरे ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ऐतिहासिक दिनको सम्झनामा सगरमाथ दिवस मनाइने गरिएको छ ।

सगरमाथा नेपालको कोशी प्रदेशमा पर्छ ।

View : 77

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved