विराटनगर । विराटनगर– ९ स्थित ग्रीनल्याण्ड कलेजका विद्यार्थीले रिमोटबाट चल्ने कार बनाएर सफल परीक्षण गरेका छन् ।
चारदिने वर्कसपको अन्तिम दिन विद्यार्थीहरुले कारको प्रदर्शनी गर्दै रिमोट कन्ट्रोलको माध्यमबाट सञ्चालन गरेका हुन् ।
आईएनजी (इनोभेट नेपाल ग्रुप) को सहकार्यमा कलेजले आयोजना गरेको चारदिने आईटी वर्कसपपछि विद्यार्थीले आफैं रिमोट कन्ट्रोल कार बनाएका हुन् ।
आईएनजीका इभेन्ट म्यानेजर प्रशान्त कुशवाहाले यति छोटो समयमा विद्यार्थीहरुले आफैं कार निर्माण गरेर सञ्चालन गर्नु प्रशंशनीय रहेको बताए ।
उनका अनुसार पहिलो दिन सैद्धान्तिक ज्ञान र दुई दिन व्यवहारिक ज्ञान सिकाइएको थियो ।
अन्तिम दिन भने विद्यार्थीहरुले आफै आरसी कार (रिमोट कन्ट्रोल कार) निर्माण गरेर सफल परीक्षण गरेका हुन् ।
वर्कसपमा वर्कसपमा १५० जना विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए । प्रदर्शनीका लागि निर्माण गरिएका दुइवटा कारका लागि करिब १७ हजार रुपैयाँ खर्च भएको कलेजले जनाएको छ ।
View : 140
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved