केराबारी । मोरङको केराबारी–२ स्थित हिलेथाम खेलमैदानमा सम्पन्न प्रथम हिलेथाम कप–२०८० को उपाधि डाँडाबजार फुटबल क्लवले हात पारेको छ ।
मोरङको मिक्लाजुङ फुटबल क्लवलाई हराउँदै साघुरीगढी गाउँपालिकाको डाँडाबजार फुटबल टोलीले उपाधि माथि कब्जा जमाएको हो ।
अत्यन्तै कडा प्रतिस्पर्धाका बीच सम्पन्न फाइनल खेलमा डाँडाबजारले मिक्लाजुङलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।
विजेता टोलीले नगद ७५ हजारसहित पदक, ट्रफि र प्रमाण पत्र हात पारेको छ । उपविजेता टोली मिक्लाजुङले नगद ५० हजार पाएको छ । विजेता र उपविजेता दुवै टोलीका क्याप्टेनलाई कार्यक्रमका गाउँपालिका अध्यक्ष सुमन मिरिंचिङ मगरले पुरस्कार वितरण गरेका थिए ।
यसैविच केराबारी र राजारानी भेट्रान्सबीच भएको मैत्रीपूर्ण खेलमा केराबारी भेट्रान विजयी भएको छ । केराबारी भेट्रान्सले राजारानी भेट्रान्सलाई ५–१ को अन्तरले हराएको हो । केराबारी भेट्रान्सले नगद २० हजार रुपैयाँको पुरस्कार हात पारेको छ ।
हिलेथाम पर्यटन तथा खेलकुद विकास समितिको आयोजना केराबारी गाउँपालिकाको सहयोग र विभिन्न व्यापारी व्यवसायी प्रवासी नेपालीहरुको सहयोगमा फागुन २५ देखि प्रतियोगिता सुरु भएको थियो ।
View : 149
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved