Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

गणतन्त्र दिवसमा एमाले महानगरद्धारा वृक्षारोपण

उद्‌घोष संवाददाता
१५ जेठ २०८२, बिहिवार

विराटनगर । १८ औं गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमाले विराटनगर महानगर कमिटीले वृक्षारोपण गरेको छ । 

बिहिबार विहान पार्टी कार्यालय पाञ्चाली अगाडिको सडक किनारमा वृक्षारोपण गरिएको महानगर कमिटीका सचिव विज्ञान चापागाई“ले बताए । 

महानगर कमिटीका अध्यक्ष बलराम गिरीको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको जनाइएको छ । 

वृक्षारोपण कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवं महानगर कमिटी ईन्चार्ज पर्शुराम बस्नेत, प्रदेश कमिटी सदस्य सरस्वती खरेल, जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, उपाध्यक्ष .सागर थापा, सचिव सोमराज थापा, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की नेकपा एमालेका नेता कार्यकर्ताहरूको उपस्थ्तिि रहेको थियो ।

View : 786

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved