Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

तीन दुर्घटनामा तीनको मृत्यु

उद्घोष सम्वाददाता
५ वैशाख २०८१, बुधवार

विराटनगर । उदयपुर, इलाम र ओखलढुंगामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा  तीन जनाको मृत्यु भएको छ । मंगलबार राति उदयपुरको उदयपुरगढी–७ स्थित मदन भण्डारी लोकमार्गमा  ग.१ ख ४७५३ नम्वरको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना हुँदा घाइते भएका ट्रक चालक चितवन राप्ती नगरपालिका–६ का २८ बर्षीय सन्देश चौधरीको मृत्यु भएको छ ।

जिल्ला अस्पताल उदयपुरमा उपचारका  क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी इलामको माङसेबुङ गाउँलिका–४ स्थित रबि–दमक सडक खण्डमा को.३७ प ९२८१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक  भोजपुर खावाका ५७ बर्षीय महेशकुमार राईको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी मंगलबार साँझ ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ मा लु.३त ९९७४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिद्विचरण नगरपालिका–७ का २१ बर्षीय फुर्तेम्वा शेर्पाको घट्नास्थलमै मृत्यु भएको छ ।

घाइते ट्याक्टर चालक मोलुङ गाउँपालिका–२ का २५ वर्षीय अभय सुनुवारको सामुदायिक मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

View : 101

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved