Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुन्दरहरैंचा उद्योग वाणिज्य संघमा कार्की

उद्घोष सम्वाददाता
२७ चैत २०८०, मङ्गलवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत निर्वाचित भएका छन्  । संघको  नयाँ कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल, प्रथम उपाध्यक्षमा डोलेश्वर तिम्सिना (नवीन), उद्योग उपाध्यक्षमा नगेन्द्रप्रसाद दाहाल, वाणिज्य उपाध्यक्षमा उज्वल थापा, अन्तर्राष्ट्रिय उपाध्यक्षमा डिल्लीप्रसाद ढकाल र  महासचिवमा हरि कार्की चयन भएका छन् ।

यसैगरी  उपमहासचिवमा रामकृष्ण खड्का, उद्योग सचिवमा शारदाप्रसाद ढकाल, वाणिज्य सचिवमा रामकुमार बस्नेत (विप्लव),एसोसिएट सचिवमा मनोज गुरागाई, कोषाध्यक्षमा कृष्णप्रसाद ओझा, लेखा समिति संयोजकमा रुद्र थापा, लेखा सदस्यमा धरणीधर दाहाल र कृष्णप्रसाद आचार्य चयन भएका छन् ।

खुल्ला सदस्यहरूमा माधव शिवा, मोहन पोखरेल, नवराज खरेल, गोपाल फुयाल, टिकाबहादुर कँडेल र प्रदीप मास्के चयन भए । त्यसैगरी महिला सदस्यहरूमा यसोदा चापागाईं, अनिता अधिकारी र पदमा भट्टराई चयन भएका छन् ।  खुद्रा व्यवसायी संघबाट कृष्णप्रसाद पराजुली, होटल तथा पर्यटन सदस्य संघबाट आकाश दुलाल, सुनचाँदी व्यवसायी संघबाट सुजाता पौडेल संघको सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक रामप्रसाद गजुरेलले सबै पदमा एकल उम्मेदवारी  परेकाले  सर्वसम्मत पदाधिकारी चयन भएको  जानकारी दिए ।

अध्यक्षमा निर्वाचित कार्कीले  व्यापार व्यवसायमा देखिएको समस्याको समाधानमा पहल गरी युवाहरूलाई व्यावसायिक बनाउने, भाडावृद्वि  दरलाई तत्काल  रोक्नुका साथै आर्थिक तनावको अन्त्य गर्ने खालको  तालिम र गोष्ठी सञ्चालन  गरी अघि बढ्नेलगायतका आफ्नो योजना रहेको बताए ।

View : 88

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved