विराटनगर । चीनले नेपाली समय अनुसार बुधबार विहान ६:४५ बजेदेखि भव्य सैन्य परेड गरेको छ । विश्वलाई चकित बनाउने गरी सुरू भएको यो परेड साढे ८ बजे सकिएको थियो ।
चीनले जापानमाथि विजय प्राप्त गरेको दिनका रुपमा ३ सेप्टेम्बरमा यस्तो परेड आयोजना गर्दै आएको छ । परेडको अवलोकन शक्ति राष्ट्र रुस र उत्तर कोरियाका राष्ट्रपतिले अग्रस्थानबाट अवलोकन गरेका थिए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उक्त शैन्य परेडको अवलोकन गरेका छन् ।
याे परेडलाई चीनले 'जापानी आक्रमणविरुद्ध चिनियाँ जनयुद्ध र विश्व फासिस्टविरोधी युद्धको विजयको वार्षिकोत्सव' को रुपमा विश्व समुदायलाई देखाउने गरेको छ ।
फोटोहरु : रासस/सिन्ह्वा
View : 424
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved