Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

बलाहामा एमालेको जरा अभिमुखीकरण सम्पन्न

२४ फागुन २०८१, शनिवार

Advertisement

इनरुवा । नेकपा एमालेको जरा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रम शनिबार इनरुवाको बलाहामा सम्पन्न भएको छ । नेकपा एमाले इनरुवा नगरपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो ।

वडा कमिटीका अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य पोष्टकुमार नेपाल प्रमुख आतिथि, प्रदेश कमिटी सदस्य एवं प्रमुख अभियन्ता लोकेश निरौला विशेष अतिथि थिए । त्यस्तै प्रदेश कमिटी सदस्य कालुराम गुरुङ, सुनसरी जिल्ला लेखा आयोग सचिव ईश्वरी  घिमिरे,  प्रदेश सल्लाहकार सदस्य गोविन्द  पोखरेल, जिल्ला लेखा आयोग सदस्य गीता गौतम, जिल्ला सल्लाहकार सदस्यहरु केदार पोखरेल,अन्जनी न्यौपाने लगायत अतिथि थिए ।

कार्यक्रममा सुनसरीको बलाहाका बाम आन्दोलनका अग्रजहरू भवानी पोखरेल, चरा विज्ञ जीवनाथ पोखरेल, बाम बुद्धिजीवी अच्युत खतिवडा, बुद्धकुमार नेपाल, गणेश निरौला, मननारायण  श्रेष्ठ, श्यामप्रसाद भट्टराई, थानेश्वरी अधिकारी, अन्य अग्रजहरू गोबिन्द पोखरेल, ईश्वरी घिमिरे, हेमराज कोइराला, प्रेम खतिवडालगायतकालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य कालुराम गुरुङ,  प्रदेश सल्लाहकार सदस्य गोविन्द पोखरेल जिल्ला लेखा आयोग सदस्य गीता गौतम, वडाका अभियन्ता युवा नेता रमेश आचार्यले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य कैलाशपति चौधरी र सञ्चालन लालबहादुर श्रेष्ठले गरेका थिए ।

View : 875

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved