Biratnagar, Morang, Nepal
१० फागुन २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

प्रतिस्पर्धी, स्वयम् प्रेरित एवं लगनशील जनशक्ति उत्पादनमा अग्रसर

जनपथ माध्यमिक विद्यालय विराटनगर

उद्‌घोष सम्वाददाता
८ फागुन २०८१, बिहिवार

विराटनगरको मुटु महेन्द्रचोकको आधा किलोमिटर पश्चिमस्थित विराटनगर–११ मा जनपथ माध्यमिक विद्यालय अवस्थित छ ।  विराटनगर महानगरपालिका–११ का  साथसाथै  वडा नं ६, १०, १२ र १४ का विद्यार्थीलाई पनि यो विद्यालय पायक पर्दछ । यस विद्यालयको स्थापना २०२० सालमा हालको विराटनगर–१२ कलेज रोडको पाञ्चाली मोडको दक्षिणपट्टि हालको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक नजिकै एउटा टिनको टहरोमा  भएको थियो ।

विक्रम संवत २०३० साल फागुन १० देखि जनपथ प्रस्तावित प्रावि र २०३२ मंसिर ३ मा स्वीकृत भएको थियो । विसं २०४४ फागुन  ११ निंमावि स्तर सञ्चालन अनुमति तथा विसं २०५७ माघमा मावि स्वीकृत पाएको थियो ।

 २०६९ साउन ७ गतेदेखि शिक्षा र व्यवस्थापन संकायको उच्च मावि सञ्चालन अनुमति पाई हाल कक्षा १२ सम्म अध्यापन भैरहेको छ । विसं २०८१ साल जेठमा प्राविधिक धारतर्फको सिभिल इन्जिनियरिङको स्वीकृत पाएर  कक्षा ९–१२ मा सोको पढाई सञ्चालन भई रहेको छ ।


    यस विद्यालयलाई अहिलेको रुपमा परिचित गराउँदा विद्यालयका संस्थापकहरु स्व कृष्णबहादुर श्रेष्ठ,  प्रमुख शिक्षक हेमराज चापागाई, स्व गजेन्द्रबहादुर कार्की, स्व लगनबहादुर कार्की, स्व दुर्गाबहादुर कार्की, स्व अर्जुनप्रसाद अर्याल, स्व रामबहादुर श्रेष्ठ, डीबी गुरुङ, मुगादेवी राई, पण्डित स्व भोलानाथ दाहाल र मेजर मानबहादुर राई, पूर्व सांसद लालवावु पण्डित, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की,  त्रिलोक नेउपाने, यादनरसिंह कार्कीको महत्वपूर्ण योगदान अविस्मरणीय रहेको छ ।  हाल विद्यालय मातहतमा रहेको हाता (परिसर) जग्गा कुल ९ कठ्ठा १० धुर रहेको छ । सो जग्गा तत्कालिन समयमा  अभिभावकको चन्दा र आन्तरिक स्रोतवाट जुटाएको प्रधानाध्यापक हरिप्रसाद पराजुलीको भनाइ छ । 
                       विद्यालयका  भावी  कार्यक्रमहरु
         विद्यालयमा उपलव्ध स्रोत र साधनको समुचित व्यवस्थापन गर्दै आर्थिक स्रोत संकलन र सदुपयोग गरी विद्यालयलाई एक समुन्नत र समृद्ध विद्यालय वनाइने छ । विद्यालयमा लेखापरीक्षण, सामाजिक परीक्षणलाई अझ प्रभावकारी र पारदर्शी वनाइदै लगिएको छ । मानवीय स्रोत अन्तर्गत शिक्षक कर्मचारी जोड दिइएकोछ । वैकल्पिक सूचनाका साधनहरुको प्रयोग गरिने छ ।  विद्यालयको विगतका सफलता र वर्तमान शक्तिलाई उपयोग गरी शैक्षिक वातावरण र गुणस्तरका लागि यथासम्भव गतिशील कार्यनीति अवलम्वन गरिन छ । आगामी दिनमा चन्दादाता , अभिभावक, शिक्षक तथा समाज रुपान्तरणमा  अग्रणी भूमिका निर्वाह गर्ने सामाजिक व्यक्तित्वलाई सम्मान गर्दै जाने कार्यक्रम बनाएको छ । । 
                 विद्यालयमा छात्रावृत्ति कोषको अवस्था 
        यस विद्यालयलमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति वितरणको लागि विभिन्न क्षेक्रमा त्रियाशील उदार मनका अभिभावकहरुबाट विद्यालयमा छात्रावृत्ति कोषको स्थापना गर्नु भएको छ । सो  कोषवाट प्राप्त व्याज विद्यार्थीहरुलाई   छात्रावृत्ति दिने व्यवस्था गरिएको छ ।
                                छात्रवृत्ती अक्षयकोष
          सस्थापक                               स्थापना साल          रकम                                                अक्षयकोषको नाम 
    वुद्विप्रसाद सुवेदी ( पूर्व प्रअ )             २०७६–१–१६       ५०,०५५                 वुवा जयप्रसाद, आमा अम्विक सुवेदी स्मृति अक्षयकोष 
     कमल राउत तथा राउत परिवार        २०७७–८–२९      २,००,१११                मनमाया–कर्ण राउत स्मृति अक्षयकोष 
     जया पोख्रेल (पर्शुराम वस्नेत)             २०७८–९–१९        १,०१,१११               लालवहादुर वस्नेत स्मृति  अक्षयकोष 
      तारानाथ भट्टराई( पूर्व शिक्षक )          २०८०–१२–१३        १,११,१११              राधिका स्मृति   अक्षयकोष
       रिमेक ढकाल (पूर्व प्र अ छोरा)          २०८०–१२–१३         १,०५,०००              मुकुन्दप्रसाद ढकाल स्मृति   अक्षयकोष
    


 विद्यालयका प्रमुख समस्याहरुको पहिचान 
कम पहुंच : जनपथ मावि पढ्नका लागि सम्भावित वरिपरीको क्षेत्रमा विशेष गरी गरिव तथा पिछडिएका जातिका वर्गहरुको वाहुल्यता रहेको हुँदा विद्यालय उमेरका बालबालिकाहरु मध्ये अझ पनि १० प्रतिशत बालबालिकाहरु विद्यालय भन्दा वाहिरै  छन् । ती विद्यालय भन्दा वाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराई खुद भर्नादरलाई वृद्धिगरी आगामी ५ वर्ष भित्रमा १०० प्रतिशत पुर्‍याउनु जनपथ माध्यमिक विद्यालयको पहुंच सम्वधि प्रमुख मुद्दा रहेको छ ।
असमान शैक्षिक स्तर ः यस सेवाक्षेत्र अन्तरगतका समुदायको आर्थिक र शैक्षिक क्षमता समान रहेको पाइदैन । असमानताका कारण शिक्षावाट यस क्षेत्रका वासिन्दाहरुको स्तर उकास्ने कार्यमा सवै पक्षको समान दृष्टिकोण नभएकोले शिक्षा समान रुपमा सर्वसुलभ हुन सकिरहेको छैन । अझ पनि यस सेवा क्षेत्र अन्तरगतका करिव ४० प्रतिशत अभिभावक वर्गमा लैङ्गीक विभेद, रुढीवादी संस्कार, धार्मिक अन्धविश्वास जस्ता सामाजिक विकृतीहरु यथावत पाइन्छ । 
यस सेवा क्षेत्र अन्तरगतको समुदायमा चेतनाको अभाव र आर्थिक विपन्नताका कारण विद्यालयमा आफ्ना छोराछोरीहरुलाई विद्यालयमा पठनपाठनका लागि भर्ना नगर्ने, भर्ना भएका छात्रछात्राहरुले बीचैमा कक्षा छोड्ने प्रवृत्ति छ ।  विद्यार्थी  विद्यालयमा नियमित उपस्थित नहुनु, छात्रछात्राको पढ्दापढ्दै कलिलो उमेरमा बालविवाह हुनु, घरमा कामको वोझ हनुका साथै वालश्रमिकको रुपमा काम गर्न अर्काको घरमा राख्नु जस्ता विविध कारणले यस सेवाक्षेत्र अन्तरगत शिक्षामा समान शैक्षिकस्तर हाासिल हुन सकिरहेको छैन । 
यी सम्पूर्ण समस्याहरुको समाधानका लागि यस सेवा क्षेत्र अन्तरगतका वालविकास केन्द्रहरुको सुदृढीकरण र नियमित सञ्चालन, विभिन्न सचेतनामूलक कार्यक्रम हरुको संचालन , विभिन्न छात्रवृत्तिहरुको व्यवस्था, दिवा खाजाको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावक वर्गहरुले सवै समुदाय र क्षेत्रका बालबालिकाहरुलाई अझ प्रोत्साहित गरिनुपर्ने,  विभिन्न संस्था तथा गैरसरकारी संस्थाका कार्यक्रमहरुलाई  अझ प्रभावकारी रुपमा पिछडिएको लक्षित वर्गमा पुग्ने गरी सञ्चालन गरिनुपर्ने र रोजगारमा पनि पिछडिएको लक्षित समूहलेनै वढी प्राथमिकता पाउनुपर्ने देखिन्छ ।
 गुणात्मक शिक्षा : यस विद्यालयको गुणात्मक शिक्षाका लागि, विद्यार्थी नियमित हुन नसक्नु, अभिभावक वर्गको संलग्नता कम हुनु, सुपरीवेक्षण र मूल्याङ्कनको अभाव, भाषा  संस्कृतिमा भिन्नता, अध्यापन हुने दिन कम हुनु, तालिम प्राप्त शिक्षक भएता पनि हालको आवश्यकता अनुरुप विद्युतीय सीपमा दक्षता हासिल हुन नसक्नु जस्ता समस्याहरुले गर्दा आशा गरिए जति गुणस्तर हासिल हुन सकिरहेको छैन ।

    अतः यी जल्दावल्दा समस्याहरुलाई समाधान गर्न शिक्षक तथा विद्यार्थीहरुद्वारा चिरपरिचित स्थानीय कच्चा सामग्रीहरुको संग्रह गरी शैक्षिक सामग्रीको निर्माण तथा प्रयोग, स्थानिय सरकार, प्रदेश सरकार र अन्य सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी विद्यालयका भौतिक तथा अन्य विद्युतीय सामग्रीहरुको व्यवस्थापन गरी उफयुक्त शैक्षणिक वातावरण सिर्जना गरी शिक्षण सिकाई त्रियाकलापलाई प्रभावकारी ढंगवाट सञ्चालन गरी शैक्षिक गुणस्तर वृद्धि गर्न जनपथ माविलाई विराटनगर महानगरपालिकाले नमुना विद्यालयको रुपमा विकास गरी शैक्षिक गुणस्तर सुधार गर्नु पर्दछ ।

 

जनपथ माविको स्पष्ट दृष्टिकोण
    आगामी ५ वर्ष भित्रमा यो विद्यालय बालकेन्द्रित एवं रचनात्मक शिक्षण सिकाइमार्फत कक्षागत र विषयगत सिकाइ उपलब्धि सुनिश्चित गरी प्रतिस्पर्धी, स्वयम् प्रेरित एवं लगनशील जनशक्ति उत्पादन गर्ने विद्यालय हुने अपेक्षाका साथ काम भैरहेको छ । 

विद्यालयका आगामी दिनका लक्ष्य उद्देश्यहरु 

  •      यस विद्यालयको कक्षागत र विषयगत सिकाई उपलब्धीलाई वृद्धि गदै लैजाने ।
  •     विद्यालयको वातावरणलाई सुरक्षित, बालमैत्री एवं प्रविधि मैत्री वनाउने ।
  •   विद्यार्थी केन्द्रित सिकाई वातावरणको सिर्जना गर्ने ।
  •      विद्यालयका सवै कार्यकलापहरुमा अभिभावक वर्गको सहभागिता वढाऊने ।
  •     नियमित  खेलकुद तथा अतिरिक्त त्रियाकलाप सम्वन्धि कार्यक्रमहरु सञ्चालन गर्ने ।
  •     सेवाक्षेत्र भित्रका सम्पूर्ण वालवालिकाहरुलाई विद्यालयमा भर्ना गराउने ।
  •    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वनेको ४ कोठे भवनमा फर्निचर निर्माण,  विद्युतीकरण, रङरोगन  गर्ने ।
  •      विद्यालयको शेक्षिक, भौतिक, आर्थिक र प्रशासनिक क्षमताको वृद्धि गर्ने ।
  •    विद्यालयमा शुद्ध खानेपानी उपलव्ध  गराउने । 

View : 93

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved