नेपाली समाजमा युवालाई राष्ट्र निर्माणका मेरुदण्डका रूपमा चित्रित गरिन्छ । तर आज, यही युवाशत्ति कामको असन्तुलन र मानसिक थकानको जालमा फसेको देखिन्छ । अवसरहरूको अपेक्षाकृत कमी, अस्थिर करियर, आर्थिक दबाब र प्रविधिको अत्यधिक प्रभावले गर्दा नेपाली युवा मानसिक थकान र भावनात्मक समस्याको चपेटामा आएका छन् ।
कामप्रतिको निष्ठा र लगाव आफैंमा सकारात्मक पक्ष हो । तर अनियन्त्रित कामको चापले जब युवाहरूको स्वास्थ्य, क्षमता र आशावादिता नै खिइन थाल्छ, तब यो माक्र व्यत्तिगत समस्या नभई सामाजिक तथा राष्ट्रिय समस्याको रूपमा विकसित हुन्छ । उदाहरणका लागि, मोरङका एक युवा रमेश मण्डलले विसं २०८१ मा जागिरको अनिश्चितताको कारण कतार जान बाध्य भए । तर कामको अत्यधिक चाप र असुरक्षित वातावरणले गर्दा उनी गम्भीर मानसिक तनावमा परे र दुई महिनामै स्वदेश फर्कन बाध्य भए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को विसं २०८१ को प्रतिवेदनअनुसार, १८ देखि ३५ वर्ष उमेर समूहका करिब ४२ प्रतिशत युवाले कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या अनुभव गरिरहेका छन् । यो तथ्यांकले आजको युवा पुस्ताको मानसिक अवस्थाको गम्भीर चित्र प्रस्तुत गर्छ । यस्तै, विश्व स्वास्थ्य संगठनले विसं २०७९ मा उल्लेख गरेको छ, विश्वव्यापी रूपमा १५ देखि २९ वर्षका युवाहरूको मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या हो, जुन मानसिक थकान र नैराश्यतासाग प्रत्यक्ष जोडिएको छ ।
कामको चाप सिर्जना हुने प्रमुख कारणहरूमा बेरोजगारीको त्रास, आर्थिक असुरक्षा, प्रतिस्पर्धात्मक सामाजिक अपेक्षाहरू र प्रविधिको निरन्तर दबाब पर्दछन् । नेपालमा औपचारिक रोजगारी दर कम हुनु, बेरोजगारीको डर तथा विदेश पलायनको बढ्दो दरले कामको असुरक्षा झन् बढाएको छ । नेपालको आर्थिक सर्वेक्षण विसं २०८० अनुसार, हरेक वर्ष पाँच लाखभन्दा बढी युवा विदेश जान बाध्य भइरहेका छन् । यिनै अवस्थाले देखाउँछ कि अवसरको खोजीमा नै मानसिक बोझ थपिएको छ ।
धेरै युवाहरूले अध्ययनसँगै काम गरिरहेका छन् भने केहीले त एकैपटक दुईदेखि तीनवटा काम धान्नुपरेको छ । विदेश जाने वा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका युवाहरूले थुप्रै बोझ व्यहोर्नुपरेको छ । यस्तो अवस्थाले उनीहरूको मानसिक तथा शारीरिक दुवै स्वास्थ्यमा गहिरो प्रभाव पारिरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगको बाढीले युवाहरूको जीवनलाई बाहिरी आडम्बरका आधारमा मूल्याङ्कन गर्न थालेको छ । अमेरिकी मनोवैज्ञानिक २०८० को एक प्रतिवेदन भन्छ, ‘निरन्तर सामाजिक सञ्जालको प्रयोगले आत्मसन्तुष्टि घटाउने र असन्तुष्टि बढाउने काम गर्छ ।’ ‘अरू सफल भए, म किन पछि परें ?’ भन्ने सोचले युवा मनमा असुरक्षा र निराशाको बीजारोपण गरिरहेको छ । सामाजिक सञ्जालको भूमिका यहाँ विशेष उल्लेखनीय देखिन्छ । फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता प्लेटफर्महरूले जीवनका आकर्षक झलक प्रस्तुत गरेर बाँकी मानिसमा अप्रत्यक्ष दबाब सिर्जना गर्छन् । ‘अरू यति अघि बढे, म किन पछि परें ?’ भन्ने प्रश्नले युवा मनमा निराशा र असफलताको गहिरो अनुभूति गराउँछ ।
कामको चाप र मानसिक थकानका केही सामान्य लक्षणहरूमा निरन्तर थकान, अनिद्रा, चिडचिडाहट, निराशा, एकाग्रता अभाव र कार्यक्षमतामा गिरावट देखिन्छ । दीर्घकालीन असरका रूपमा डिप्रेशन, एंग्जाइटी डिसअर्डर, उच्च रक्तचाप र हृदयरोग जस्ता गम्भीर समस्या विकास हुन सक्छन् ।
यसो भनिरहादा, युवाहरूमा केवल थकान मात्र देखिएको छैन । साथसाथै नयाँ नयाा सम्भावनाहरू सिर्जना गर्ने जाागर, संघर्षशीलता र अनुकूलता पनि प्रशंसनीय देखिन्छ । यिनै सकारात्मक पक्षहरूलाई जगेर्ना गर्न मानसिक स्वास्थ्यप्रति सचेतना आवश्यक देखिन्छ ।
कामको अत्यधिक चापले केवल व्यक्तिगत स्तरमा मात्र असर गर्दैन, दीर्घकालमा राष्ट्रकै विकास गतिमा पनि बाधा पुर्याउँछ । मानसिक थकित युवाले नवीन सोच, सिर्जनशीलता र दीर्घकालीन योजना बनाउने क्षमतामा गिरावट देखाउँछन् । दि ल्यान्सेट साइक्याट्रीमा प्रकाशित विसं २०७९ को एक शोधअनुसार, ‘नयाँ पुस्ताको मानसिक स्वास्थ्य संकटले विश्व अर्थतन्त्रमा वार्षिक १० खर्ब अमेरिकी डलर बराबरको क्षति पुर्याइरहेको छ ।’ नेपाल पनि यसको अपवाद होइन । नेपालमा नयाँ उद्यमशिलता ‘स्टार्टअप’ जस्ता उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन भइरहे पनि, मानसिक थकानका कारण थुप्रै युवाहरूले बीचमै व्यवसाय बन्द गरेको तथ्यांक देखिएको छ ।
कामको चाप र मानसिक थकानलाई बुझ्न मनोविज्ञानका विभिन्न दृष्टिकोणहरूले फरक तर महत्वपूर्ण ढंगले व्याख्या गर्छन् । मानवतावादी सिद्धान्त अनुसार कार्ल रोजर्स र अब्राहम मास्लो मानिस भित्रबाट आफ्ना क्षमता र प्रतिभा विकास गर्न चाहन्छ तर बाहिरी दबाबजस्तै सामाजिक तुलना, पारिवारिक अपेक्षा र कामको लक्ष्यको बोझले गर्दा व्यक्तिले आफ्नो वास्तविकता अभिव्यक्त गर्न सक्दैन । यसले आत्मगौरव र आत्मसम्मानमा चोट पुगेर मानसिक थकान निम्त्याउँछ ।
मनोविश्लेषणात्मक दृष्टिकोण सिग्मन्ड फ्रायड अनुसार, कामको चाफले व्यक्तिमा बाल्यकालदेखि बनेका अचेतन द्वन्द्वहरू सत्रिय गर्छ, जसका कारण अपराधबोध, न्यूनताबोध र अवसाद जस्ता समस्या उत्पन्न हुन्छन् । बाहिरी काम मात्र होइन, भित्र दबिएका भावनात्मक संघर्षले समेत युवालाई मानसिक थकानतर्फ धकेल्छ ।
सामाजिक सिकाइ सिद्धान्त अल्बर्ट बाण्डुराको दृष्टिमा हेर्दा, आजका युवा सामाजिक सञ्जालमार्फत अरूको जीवनशैली देखेर आफूलाई तुलना गर्छन् र जब त्यो आदर्श जस्तो बन्न सक्दैनन्, तब आत्मसम्मानमा गिरावट आउँछ र मानसिक थकान बढ्छ ।
यसैले, मनोविज्ञानका यी दृष्टिकोणहरूले देखाउँछन् कि कामको चाप र मानसिक थकान केवल बाहिरी कारणले होइन, व्यक्ति भित्रको विकास, दबिएको द्वन्द्व र सिकाइ प्रक्रियासँग गहिरो सम्बन्धित छ, र समाधान पनि यिनै तहहरूमा खोजिनु जरुरी छ ।
युवाहरूले व्यक्तिगतस्तरमा केही व्यवहारिक उपायहरू अपनाउन सक्नुपर्छ । समय व्यवस्थापन सिक्ने, सन्तुलित जीवनशैली अपनाउने, ध्यान र योगजस्ता मानसिक विश्रान्ति दिने अभ्यासलाई प्राथमिकता दिने, र डिजिटल डिटोक्स गर्ने प्रयास गर्नु आवश्यक छ । हप्तामा केही घण्टा मोबाइल र इन्टरनेटबाट टाढा बसेर आफौसाग संवाद गर्नु मानसिक थकान कम गर्ने शक्तिशाली उपाय हो । जस्तै, विसं २०८० मा भुटान सरकारले युवा कल्याण पहल सुरु गरी विद्यालयदेखि विश्वविद्यालयसम्म तनाव व्यवस्थापन र झावनात्मक सशक्तिकरण कार्यत्रम सञ्चालन गरेको छ । नेपालले पनि यस्ता पहलकदमी आवश्यक छ ।
त्यसैगरी, हाम्रो शिक्षण संस्थाहरू, कार्यस्थलहरू र सरकार स्वयंले पनि युवा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ । कलेज र विश्वविद्यालयहरूमा परामर्श सेवा अनिवार्य बनाउनु, कार्यस्थलमा लचिलो समय व्यवस्था लागू गर्नु, कार्यस्थलमा काम र व्यक्तिगत जीवनबीच सन्तुलन (वर्क लाइफ ब्यालेन्स) नीतिहरू कार्यान्वयन गर्नु, र सरकारी स्तरमा राष्ट्रिय युवा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नु आजको माग हो ।
कामप्रतिको समर्पण जीवनको अनिवार्य पाटो हो । तर कामसँगै आत्मकल्याणलाई थाहै नपाएजस्तो गर्दा त्यो समर्पण आफैंविरुद्ध घातक बन्न सक्छ । मानसिक स्वास्थ्यलाई भित्रैदेखि सम्हालेर मात्र दीगो विकास सम्भव हुन्छ ।
आजको आवश्यकता हो, युवाहरूले आफूलाई समय दिनु, आफूलाई सुन्नु र आवश्यकता परे सहयोगका लागि ढोका खोल्नु ।
सफलता र प्रतिस्पर्धाको दौडमा पनि आफ्नै खुशी र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिनु सबैभन्दा बुद्धिमानी हुनेछ, किनभने थाकेको मन (अनुभूति) ले कहिल्यै सपना पूरा गर्न सक्दैन । स्वस्थ र सन्तुलित मनमै भविष्यको सम्भावना पलाऊँछ ।
View : 98
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved