Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीमा केदार कार्कीको सरकार फेर्न एमाले–माओवादी बैठक

नयाँ सरकार सहजै बन्ने निष्कर्ष, समर्थन फिर्ता र मन्त्रीहरुको राजिनामा एकैसाथ

बाबुराम भण्डारी
२६ चैत २०८०, सोमवार

केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी गठबन्धन दलले मन्त्री फिर्ता बोलाउने बिषयमा विराटनगरको बिग होटलमा बसेको एमाले र मा‌ओवादीबिचको बैठक । तस्वीर: उद्घोष

Advertisement

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आइतबार नै फिर्ता लिने तयारीमा रहेको नेकपा एमाले सत्ता गठबन्धनभित्र अझ बलियो समझदारी बनाउने सर्तमा एक कदम पछि हटेको छ ।

कांग्रेसबाट आठ सांसदसहित विद्रोह गरेपछि कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका निर्वाह गरेको एमालेले अहिले उनलाई हटाएर आफू नेतृत्वको सरकार बनाउन गृहकार्यमा जुटिरहेको छ ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम एमालेकै समर्थनमा मुख्यमन्क्री नियुत्त भएका कार्की पछिल्लो सत्ता गठबन्धनका कारण राजनीतिक रुपमा अल्पमतमा परेका छन् । तर, उनले एमालेले गरेको समर्थन फिर्ता लिने र विश्वासको मत लिने प्रक्रिया संविधानमा स्पष्ट नभएको दाबी गर्दै दुई बर्षसम्म मुख्यमन्त्री बनिरहने जिकिर गर्दै आएका छन् ।

अल्पमतमा परेका कारण तत्काल राजिनामा दिएर नयाा सरकार गठनको बाटो खोल्न आग्रह गरिरहेको एमालेले अहिले मुख्यमन्त्री कार्कीलाई जबरजस्ती सत्ताच्यूत गर्न गठबन्धनका अन्य दलहरुसागको सहकार्यलाई बलियो बनाउनेतिर केन्द्रित बनेको छ । त्यसै कारण मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिने तयारीबाट पछि हट्दै एमालेले गठबन्धनका दलहरुबीच थप समझदारीबाट अघि बढ्ने निश्कर्षमा पुगेको हो । 

आइतबार मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिने तयारी रोकेर एमालेले गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रका नेताहरुसाग छलफल गरेको हो ।

छलफलमा एमालेका तर्फबाट संसदीय दलका नेता हिक्मतकुमार कार्की, उपनेता राम राना, प्रमुख सचेतक रेवतिरमण भण्डारी तथा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, प्रदेशसभा सदस्य एवं केन्द्रीय सदस्यहरु दुर्गाप्रसाद चापागार्इा, जीवन आचार्य, बाबुराम गौतम सहभागी थिए ।

उक्त छलफलले कोशी प्रदेशमा अर्को सरकार बन्नै सक्दैन भन्ने मुख्यमन्त्री कार्कीको दाबी गलत भएको निष्कर्ष निकालेको हो । त्यस्तै गठबन्धनका दलहरुले सहजै रुपमा नयाा सरकार बनाउन तयारी अवस्थामा रहेको र त्यसको कानुनी आधार बनिसकेको निष्कर्षमा पुगेका हुन् । 

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले आइतबार समर्थन फिर्ता लिने तयारी अघि बढाएको भएपनि गठबन्धन भित्रका सबै दलहरुसाग अन्तिम समझदारी बनाएर अघि बढ्न एक दिन पर्खिने निष्कर्षमा पुगेको जानकारी दिए । 

‘आजको छलफल अत्यन्तै सकारात्मक छ, माओवादी पनि नयाा सरकार बनाउन तयार देखिएको छ’ उनले भने, ‘गठबन्धन भित्रको दल नेकपा एसका नेता राजेन्द्र राई र जसपाकी निर्मला लिम्बू आइपुग्न नपाउनु भएकाले उहााहरुलाई पनि पर्खिने समझदारी भएको छ, बैठकले कोशीमा एमालेकै नेतृत्वमा सहजै अर्को सरकार बन्ने निष्कर्ष निकालेको छ, त्यसको कानुनी आधारमा सहमति बनिसकेको छ ।’

कार्कीलाई मुख्यमन्त्री बनाउन गरेको प्रारम्भिक समर्थन र सरकारमा सहभागी हुने विषयमा गरेको समर्थन फिर्ता लिने, कार्की नेतृत्वको सरकारमा सहभागी  माओवादी र नेकपा एसका मन्त्रीहरुले राजिनामा दिने काम एकसाथ गर्न समझदारी अन्तिम चरणमा पुगेको उनले दाबी गरे । आइतबारको छलफलले सोमबार सबै प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको प्रमुख सचेतक भण्डारीले बताए ।

कांग्रेस–माओवादी बीचको केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि बनेको एमाले–माओवादी–नेकपा एस–जसपा गठबन्धनले सातै प्रदेशमा सरकार परिवर्तनको गृहकार्य अघि बढाइसकेको छ । नयाा गठबन्धनमा रहेका दलहरुबीच भएको सहमति अनुसार कोशीमा एमालेले नयाा सरकारको नेतृत्व गर्ने टुंगो लागिसकेको जनाइएको छ ।

बैठकमा सहभागी माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका कोशी प्रदेशसभा सदस्य जीवन आचार्यले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाा सरकार बनाउने विषयमा कुनैपनि दुविधा नरहेको जानकारी दिए । 

केन्द्रीय गठबन्धनको सहमति अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको लाइन बोकेर आइतबारको बैठकमा सहभागी भएका आचार्यले कोशी प्रदेशमा जसरी पनि नयाा सरकार बन्नेमा माओवादी केन्द्र ढुक्क रहेको बताए ।

‘कोशीमा सहजै अर्को सरकार बन्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ, एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीकै नेतृत्वमा सरकार बनाउने कुरामा कुनै दुविधा छैन’ उनले भने, ‘त्यसका लागि केही तयारीको विषय टुंग्याएर प्रक्रिया अघि बढ्छ, वर्तमान मुख्यमन्त्री कार्कीले जतिसक्दो चााडो सत्ता हस्तान्तरण पनि गर्नुहुन्छ ।’

नैतिक रुपमा अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माग एमालेको छ । तर मुख्यमन्त्री कार्कीले राजिनामा नदिने बरु मध्यावधिमा लैजाने चेतावनी दिएपछि एमालेले कार्की नेतृत्वको सरकार ढाल्न कस्सिएको हो ।

View : 203

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved