विराटनगर । सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमा क्षेत्रबाट १० लाख ३० हजार ४५० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतको सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले सोमबार भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानमा एक थान मोटरसाइकल, एक थान स्कुटर, मोटर पार्ट्स, खुर्सानी, धागो तथा चाइनिज नासपाती रहेका छन् । त्यस्तै, भन्सार छली गरी प्रयोग भइरहेको एक थान भारतीय विद्युतीय स्कुटरसमेत नियन्त्रणमा लिइएको जनाइएको छ ।
बरामद गरिएका सबै सामानको भन्सार मूल्यांकन १० लाख ३० हजार ४५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
View : 32
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved