Biratnagar, Morang, Nepal
१७ माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

मुक्ति समाजले मनायो ३७ औं स्थापना दिवस

१० पुष २०८१, बुधवार

Advertisement

विराटनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले मंगलबार ३७ औं स्थापना दिवस एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

समाजको स्थापना दिवसको अवसरमा नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा नवराज शंकर स्मृति युवा सम्मानबाट अनेरास्ववियु खोटाङका अध्यक्ष एवं समाजका पूर्वसचिव बिष्णु उपरकोटीलाई सम्मानित गरिएको हो ।

उनलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् । 

संयन्त्र प्रमुख ढकालले एमालेले राम्रो काम गर्छ भन्ने भयले मान्छेहरु विरोधमा लागेको आरोप लगाए । उनले एमालेलाई जनताले पहिलो पार्टीको रुपमा रुचाएको बताए ।

समाजका कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्माले जातीय असमानता र विभेदको अन्त्य गर्दै दलित समुदायलाई राष्ट्रको हिस्सेदार बनाउने अभियानलाई एमालेले सहयोग गर्नुपर्ने बताए । उनले एमालेकै नीतिका कारण मुलुकभर सात हजार बढी दलित महिलाहरुले स्थानीय तहमा निर्वाचित हुने अवसर प्राप्त गरेको बताए । 

कार्यक्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुक्ति समाजका इञ्चार्ज जीतु गौतम, एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो । 

मुक्ति समाज २०३५ सालमा गोल्छे सार्कीको नेतृत्वमा स्थापना भएको एमालेको जनसंगठन हो । 

View : 120

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved