Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

भ्रष्टाचारले देशकै बदनाम भइरहेको छ : डा. शेखर

उद्घोष सम्वाददाता
१ पुष २०८०, आइतवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचार बारे विदेशीसमेत अचम्मित हुन थालेको बताएका छन् । ‘हिजोआज हरेक विदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने ?‚’ उनले भने ।

कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शिर झुकाएर हिड्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन् । भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउने प्रतिबद्धतासमेत उनले गरेका छन् । भ्रष्टाचारको अन्त्य नभएसम्म जति भाषण गरे पनि देश विकास नहुने उनको तर्क छ ।

नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने, ‘अहिलेसम्मको कांग्रेस कसरी चल्यो म त्यता जान्न तर अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैन ।’

View : 160

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved