बुधबार जहाज दुर्घटनामा मृत्यु भएका को-पाइलट सुशान्त कटुवाल ।
विराटनगर । छोरा सुशान्तलाई आकाशमा उडी हिंड्ने पेशा रोज्नु थियो । आमा रञ्जना कटुवाल छोराको त्यही रहर सम्झेर डराउाथिन् । पाइलट बन्ने र जहाज उडाउने छोराको रहर आमाका लागि भयानक भयको विषय बन्थ्यो ।
तर, आमाको मन न हो, सन्तानका खुसीका अघि उनले आफ्नो भयलाई जितेजस्तो अभिनय गरिदिइन् । रोजेको विषय पढ्न पाउँदा छोराको मुहारका छल्केको खुसीले आमालाई पनि पुलकित तुल्याउँथ्यो । त्यसैले जिल्ला शिक्षा अधिकारी उनका बुबा ओमबहादुर कटुवाल र आमाले आफ्नो एक मात्र सन्तानलाई पाइलट कोर्ष पढ्न खुसीसाथ क्यानडा पठाए ।
विराटनगर–३ आयल निगमपूर्वको सुविधाटोलको कटुवाल परिवारको सपना साकार बनेको चार वर्ष जति भइसकेको थियो । बुधबार बिहान सवा ११ बजे यो परिवारमाथि ठूलो बज्र खसेजस्तो भयो ।
सौर्य एयरलाइन्समा को–पाइलटका रुपमा कार्यरत सुशान्त कटुवालसहितको टिमले उडाएको जहाज त्रिभुवन विमानस्थलबाट उडेको २०–२२ सेकेन्डमै जसै भूइामा बजारियो, कटुवाल परिवारको सपनामा पानी खन्याएजस्तो भयो । एकातिर विमानस्थल नजिकैको भूइँमा बजारिएको जहाज दनदनी बल्न थाल्यो, अर्कातिर कटुवाल परिवारको आशा र सपनामा पनि डढेलो लाग्यो ।
‘बाबु सानैदेखि पाइलट बन्न चाहन्थ्यो तर आमाले त्यो पेशा नगरे हुन्थ्यो भन्नुहुन्थ्यो’, आफ्नो छोरा अस्मित पोखरेलका सहपाठी सुशान्तलाई सम्झिादै छिमेकी पवित्रा पोखरेलले भनिन् ‘दुर्भाग्य उसको आमा जेबाट डराउनुहुन्थ्यो, त्यही दुखान्त भएरै छाड्यो ।’
नेपाल आयल निगमबाट सिधै पूर्व बुद्धचोकतिर लाग्ने ठाउँमा रहेको सुविधा टोलमा बुधबार सााझ उद्घोषकर्मी पुग्दा कटुवाल निवास सुनसान थियो । यहाँको घर भाडामा लगाएर कटुवाल परिवार भक्तपुरमा बस्दै आएका थिए । घरछेउमा मलिन अनुहार लगाएर बसिरहेका कटुवाल परिवारका छिमेकी मात्रै भेटिए ।
‘ज्यादै दुःखद् घटना भयो’, छिमेकी गणेश दाहालले भने ‘त्यो भाइ अस्ति भर्खरै असारमा घरमा आएर काठमाडौं फर्केको थियो ।’ फेरि आउँछु भन्दै काठमाडौं फर्केको छिमेकी भाइ अब कहिल्यै फर्कदैन भन्ने कुराले छिमेकीहरूलाई पिरोलेको छ । ‘हामीलाई त जमिन भासिएजस्तो भएको छ, एक मात्र सन्तान पढाइ–बढाइ गरेका आमाबुबालाई कस्तो भएको होला’ भन्दै छिमेकीहरू कहालिएर बसेका छन् ।
विमान दुर्घटना भएलगक्तै त्यसमा रहेका व्यत्तिहरूको नाम सार्वजनिक हुँदै थियो । ‘कोपाइलट एस कटुवाल’ को नाम सार्वजनिक हुादासम्म उनी आफ्नै टोलमा सुशान्त हुन् भन्ने अनुमान टोलबासीलाई थिएन । जब उनको पूरा नाम सार्वजनिक भयो, सुविधा टोलका उनका छिमेकीहरू स्तब्ध बने । एकाएक टोलमा सन्नाटा छायो ।
‘सानैदेखि पढाइमा राम्रो रहेको भाइ मिलनसार थियो’, उनका अर्का छिमेकी भन्दै थिए ‘समय नभइ जानुपर्यो ।’ छिमेकीहरूका अनुसार उनीहरूले भक्तपुरमा रहेका उनका बुबाआमालाई फोन गर्ने हिम्मतसमेत गरेका छैनन् ।
यही जहाज दुर्घटनामा परेका अर्का व्यक्ति हुन् इन्जिनियर अश्विनीकुमार निरौला । तीन वर्षअघिमात्रै बिहे गरेका अश्विनी आउँदो असोजमा सन्तानको पिता बन्दै थिए । ‘यही असोजमा उसको सन्तान हुनेवाला थियो, सन्तानको सुख सााच्न नपाउँदै ऊ आफै विलायो’, नातेदारसमेत रहेका छिमेकी भवानी निरौलाले भने ‘सन्तानको मुखसमेत देख्न पाएन ।’
विराटनगर–२ भूपालग्रामका स्थायी बासिन्दा उनको परिवारमा आमाबुबा, पत्नी र एक जना बहिनी छन् । बुबाआमा छोरीलाई भेट्न अष्ट्रेलिया पुगेका छन् । ‘बुबाआमा विराटनगरको घर बेचेर ऋण तिरौं भन्थे’, भवानीले छिमेकी भाइ अश्विनीलाई सम्झिए ‘विराटनगर आउने बहाना हुन्छ भनेर उसैले बेच्न दिएको थिएन । घर चाहिन्छ भन्दै बुबाआमालाई सम्झाउँथ्यो । उसैको जोडबलमा टिकेको घरमा अब उही चाहिा नहुने भयो ।’
उनीहरूको घर पनि भाडाका मानिसले भरिएको छ । छिमेकमा यो खबर फैलिएलगत्तैदेखि अनौठो सन्नाटा छाएको छ । ‘नहुनुपर्ने घटना भयो’, भवानीले भने ‘सानैदेखि मिहेनत गरेर पढेको थियो । टोलछिमेकमा सबैसँग राम्रो थियो । हामी सबैको मन कुँड्याउँदै बिदा भयो ।’ यसो भनिरहँदा भवानीका गह डम्म भरिएका थिए ।
दुर्घटनामा यी दुईसँगै ज्यान गुमाउने विराटनगर–७ गहेली टोलका सागरकुमार आचार्य पनि एक हुन् । वडाध्यक्ष मधुबाबु तिवारीले दिएको जानकारीअनुसार उनको परिवार विराटनगरको घर भाडामा लगाएर धेरै वर्षदेखि काठमाडौंमै बसिरहेको थियो ।
आचार्य परिवार विराटनगरका लागि सम्मानित परिवार भएको बताउँदै वडाध्यक्ष तिवारीले भने ‘सागरका दाजु राजन आचार्य कांग्रेस नेता महेश आचार्यका समकालीन हुन् ।’ सागर सौर्य एयरमा सेफ्टी चिफका रुपमा कार्यरत थिए ।
View : 3399
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved