विराटनगर । राष्ट्रिय सहकारी बैक लिमिटेड कोशी प्रदेश कार्यालय र कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयबीच ‘कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम व्याज अनुदान कार्यक्रम अन्तर्गत द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
वित्त बैक, वित्तीय संस्था, सहकारी संस्थामार्फत व्याज अनुदान कार्यक्रममा सहभागिताका लागि आव २०८१–८२ आर्थिक वर्षका लागि ४५ करोड रुपैयाँ कर्जा परिचालन गर्ने गरी मन्त्रालयमा बसी औपचारिक रुपमा सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको हो ।
सो सम्झौतापत्रमा बैंकका तर्फवाट कोशी प्रदेश कार्यालय प्रमुख प्रभु पोखरेल र उद्योग कृषि तथा सहकारी मन्त्रालयको तर्फवाट महाशाखा प्रमुख डा दीपा दिवालीले हस्ताक्षर गरेका हुन् ।
सो रकम बैंकले कोशी प्रदेश अन्तर्गतका शाखाहरुवाट कोशी प्रदेशमा सञ्चालित १४ जिल्लाका कृषि तथा वहुउद्देश्यीय सहकारी संस्थाहरुमा यस आर्थिक वर्षमा परिचालन गर्नेछ ।
View : 488
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved