Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस कोशीमा किचलो : विद्रोही समूहलाई निषेध गर्न लविङ

उद्घोष सम्वाददाता
२२ साउन २०८१, मङ्गलवार

विराटनगर । कोशी सरकारमा मन्त्री बनाएर पठाउनेहरूको नाम छान्न सकस परिरहेका बेला  कांग्रेसभित्र फेरि नयाा विवाद सिर्जना भएको छ । सभापति शेरबहादुर देउवा निकट दोस्रो तहका नेताहरूले शेखर कोइराला पक्षका विद्रोही आठ सांसदलाई यसपटक मन्त्री बनाउन नहुने भन्दै केन्द्रमा लविङ थालेपछि अर्को विवाद सुरू भएको हो । 

कांग्रेसका एक उच्च तहका नेताले दिएको जानकारी अनुसार देउवा पक्षका दोस्रो तहका नेताहरूले कोइराला पक्षका आठ जना सांसदलाई यसपटक मन्त्री नबनाएर ‘दण्डित गर्नुपर्ने’ प्रस्ताव सभापति सामु गरेका हुन् । यद्यपि यसबारे देउवाले आफ्नो विचार प्रकट गरिनसकेको ती नेताको भनाइ छ । 

यसअघि कोइराला पक्षका आठ जना सांसदले पार्टी र गठबन्धनको निर्णयविरूद्ध विद्रोह गर्दै कोशीमा एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए । त्यसबेला पार्टी निर्णयलाई ठाडो चुनौती दिनेहरूलाई अहिले मन्त्री बनाएर पुरस्कृत गर्न नहुने भन्दै संस्थापन पक्षका नेताहरूले सभापति देउवालाई दबाब दिइरहेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

‘कोशीमा कांग्रेसले पाउने मन्त्रालय जम्मा चारवटा छ, त्यसमा सबै गुटलाई भाग पुर्‍याएर निर्णय गर्नुपर्ने चुनौती छादैछ’, कांग्रेस स्रोतले भन्यो ‘तर, सोमबारदेखि शेखर पक्षलाई मन्त्री दिएर विद्रोहलाई सदर गर्नुहुन्न भन्ने आवाज उठ्न थालेको छ । सभापतिलाई भेटेरै संस्थापन पक्षका दोस्रो तहका नेताहरूले यसो भन्न थालेका छन् । यो कुराले विवाद अरू लम्ब्याउने सम्भावना छ ।’ 

कांग्रेसका ती नेताले दिएको जानकारी अनुसार सोमबार काठमाडौंमा भएको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा सभापति देउवाले कोशी सरकारबारे पनि कुरा उठाएका थिए । त्यसक्रममा आफूलाई यस्तो दबाब आएको जानकारी देउवाले दिएको बैठकमा सहभागी ती नेताले बताए । 

‘कोशीमा टुंगो लगाउनु छ । शेखरजी हामीलाई कम्तीमा दुईटा मन्त्रालय चाहिन्छ भन्नुहुन्छ’, बैठकमा देउवाले व्यक्त गरेको विचार उधृत गर्दै स्रोतले भन्यो ‘तर, यहाा शेखर पक्षलाई मन्त्री बनाएर पुरस्कृत गर्नुहुन्न भन्ने दबाब आउन थालेको छ ।’ 

यसबारे सभापति देउवाले थप केही नबताएको उल्लेख गर्दै ती नेताले थपे ‘कोशीको सन्दर्भ कांग्रेसभित्र नराम्ररी गिजोलियो । यी यसरी नयाा–नयाा बखेडा आइरहेको छ ।’ 

जम्माजम्मी चारवटा मन्त्रालय पाउने निश्चित भएको कोशी सरकारमा कांग्रेसलाई भागवन्डा मिलाउन यसै पनि सकस भइरहेको छ । चारमध्ये संस्थापन पक्षले दुईटा आफूसाग राख्ने र बााकी दुईमध्ये एउटा कोइराला र अर्को सिटौला पक्षलाई दिने बताइरहेको छ । यद्यपि कोइराला समूहले कोशी प्रदेश आफ्नो गृह प्रदेश भएको भन्दै कम्तीमा दुई जना मन्त्री चाहिने अडान राखिरहेको छ । 

कोइराला पक्षले यस्तो अडान राखेकै बेला देउवा निकट नेताहरूले भने यसपटक कोइराला पक्षलाई कोशीमा दण्डित गर्नुपर्ने माग अघि सारेका हुन् । ‘कसले यो माग राख्यो भन्ने कुरा सभापतिजीले बैठकमा केही खुलाउनु भएन’, ती नेताले भने ‘तर, यस्तो दबाब छ चाहिा भन्नुभयो । उहाालाई सााच्चै दबाब आएर भन्नुभएको हो कि उहााले नै त्यस्तो विचार गर्नुभएको हो बुझ्न सकिएको छैन ।’ 

कांग्रेस कोशीको संसदीय दलमा शेखर पक्षमा पहिले नौ जना सांसद थिए । केदार कार्कीलाई मुख्यमन्त्री बनाउने बेलामा मोरङका गयानन्द मण्डलले साथ दिएका थिएनन् । त्यसबेला विद्रोह गर्नेहरूमा कार्कीसहित शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा, गोविन्द गिरी, मानबहादुर लिम्बू, सुनिताकुमारी गुरूङ र लीलाकुमारी राई थिए ।

विद्रोही समूहमध्ये पनि मोरङका लिम्बू, इलामका गिरी र महिला सांसद राई बाहेक अरू सबै जना मन्त्रिमण्डलमा सहभागी भइसकेका छन् । त्यसैले पनि यसअघि मन्त्री नभएकाहरूलाई यसपटक सामेल गराउनुपर्ने मत कांग्रेसभित्र बलियो छ । 

तर, मन्त्रीहरूको नाम छान्न भनेर प्रदेश संसदीय दलका नेता उद्धव थापालाई काठमाडौं बोलाएकै बेला केन्द्रमा भने संस्थापन पक्षका नेताहरूले आफूलाई दबाब दिएको भनेर सभापति देउवाले भनेपछि कोइराला पक्ष संशकित देखिएको छ । प्रदेशका सभापतिसमेत रहेका थापाले सोमबार उद्घोषसागको कुराकानीमा मन्त्रीहरूको नाम टुंगो लगाउने विषयमा छलफल गर्नकै लागि काठमाडौं जाादै गरेको जानकारी दिए । 
म काठमाडौं जाादैछु, अब केन्द्रीय समिति बैठक सकिएपछि यहाा मन्त्री बन्नेहरूको नाम टुंगो लाग्ला, उनको आशा छ निर्णय केन्द्रले गर्ने हो । अब हुन्छ । 

केन्द्रले नाम टुंगो लगाइदिने कुराप्रति आशावादी थापा काठमाडौं पुग्नुभन्दा केही घन्टा अघि सम्पन्न पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा देउवाले कोइराला पक्षलाई मन्त्री नबनाउन दबाब आएको जानकारी दिए । तर, यो दबाबले काम गर्ने नगर्ने केही भन्न सक्ने अवस्था नरहेको कांग्रेस स्रोतको भनाइ छ ।  

‘उनीहरूले माग गरे जस्तैगरी कोइराला पक्षलाई पूरै वञ्चित गर्ने अवस्था त नहोला’, कांग्रेस स्रोतको भनाइ छ ‘तर, कोइराला समूह पनि कोशीमा एकढिक्का छैन । त्यो समूहका सांसदहरू छिन्नभिन्न भइसकेका छन् । त्यसैले पहिलेजस्तो बलियो बार्गेनिङ पावर उनीहरूसाग छैन ।’ 

त्यसो त पार्टीभित्र सभापति देउवाका सदाबहार प्रतिपक्षी नेता हुन् शेखर कोइराला । महाधिवेशनमा सभापति पदमा चुनौती दिएका कोइरालाले त्यसपछि पनि देउवालाई बारम्बार निशानामा पार्दै आएका छन् । आलोचकप्रति उतिधेरै वैरभाव नराख्ने देउवा गत वर्ष असोज २० मा कोशीका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की पदमुक्त भएपछि कोइराला पक्षले विद्रोह गरेपछि भने झस्किएका थिए । 

त्यसबेला गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीका शीर्ष नेताले कोशीमा माओवादीका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए । तर, कोइराला पक्षका आठ जना सांसदले विद्रोह गर्दै एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए । 

त्यसबाट आत्तिएका देउवाले तत्कालै शेखर कोइराला, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूबीच चिर्कटो सहमति गरेर सम्भावित दुर्घटना टारेका थिए । ‘उहााको टिमले त्यही अवस्था सम्झेर सभापतिलाई अहिले दबाब दिइरहेको हुनसक्छ’, सोमबारको बैठकमा सहभागी ती नेताले भने ‘त्यसरी निषेध गर्दा अर्को दुर्घटना हुनसक्छ भनेर हामीले अनौपचारिक रूपमा सभापतिलाई भनेका छौं ।’

View : 192

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved