Biratnagar, Morang, Nepal
११ मंसिर २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोशीको कार्यभार मधेसका प्रदेश प्रमुखलाई

उद्‌घोष संवाददाता
११ मंसिर २०८३, शुक्रवार

विराटनगर । रिक्त रहेको कोशी प्रदेशको प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई तोकिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेसका प्रदेश प्रमुख कर्णलाई कोशीको पनि कार्यभार तोकेका हुन् । 

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ (२) बमोजिम राष्ट्रपति पौडेलले कर्णलाई कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि मधेश प्रदेशका प्रदेश प्रमुख कर्णले कार्यभार सम्हाल्नेछन् । 

कोशीका प्रदेश प्रमुख परशुराम खापुङ्ग ५ वर्षे कार्यकाल गत कात्तिक २३ मा सकिएर बिदाई भएका थिए । उनी बिदाइ भएसँगै कोशीमा प्रदेश प्रमुखको पद रिक्त रहेको थियो ।

View : 17

११ मंसिर २०८३, शुक्रवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved