विराटनगर । सिटी सफारीमा छुटेको पाँच लाख रुपैयाँ नगदसहितको झोला चालकले सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।
विराटनगर–१ निवासी ४७ वर्षीय गोपालकुमार मिश्रको सिटी सफारीमा कालो रङको झोला छुटेको थियो । सो झोलाभित्र पाँच लाख रुपैयाँ नगद रहेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी तथा आवश्यक समन्वय गरेको थियो ।
मोरङको बूढीगंगा गाउँपालिका–१ निवासी ४२ वर्षीय जितेन्द्र राईले सो झोला प्रहरी कार्यालयमा बुझाएका थिए ।
प्रदेश १–०२–००५ ह ५३३२ नम्बरको सिटी सफारीका चालक राई जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित ‘सुरक्षित चालक अभियान’ अन्तर्गत दर्ता नम्बर ३६६ मा सूचीकृत छन् ।
चालक राईले सफारीमा छुटेको झोला प्रहरी कार्यालयमा बुझाएपछि झोलाभित्र रहेको पाँच लाख रुपैयाँ नगद सम्बन्धित धनी गोपालकुमार मिश्रलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
View : 34
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved