एनपीएलः
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा अहिले विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ ।
जितका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो ।
जसमा सैफ हुसेनले ७१ र विशाल सुस्लिङले ४३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।
विराटनगरका आन्द्रे रसेलले ४ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनायो ।
जसमा लोकेश बम,इमरान शेख र आन्द्रे रसेलले अर्धशतक हिर्काए । इमरानले ५६,रसेलले ५२ र बमले ५० रन जोडे। शेख र बमबीच १०७ रनको प्रतियोगिताकै उच्च साझेदारी समेत भयो ।
विराटनगरका अभिषेश तिवारीले २ र मोइन अलीले १ विकेट लिए ।
चार खेलबाट दुई जित निकालेको विराटनगर शिर्ष स्थानमा उक्लिएको छ ।
जनकपुर भने तेस्रो स्थानमा छ ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ ।
दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ । लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ ।
अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ ।
प्रतियोगितामा ८ टोली सहभागी छन् ।
View : 39
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved