विमान सुन्दरीहरूको कथाव्यथा-२
एआईद्वारा निर्मित तस्वीर ।
लामो दूरीको उडानमा के-के हुन्छ ? यात्रुहरूले के कस्ता हर्कत गर्छन् ? के चालक दलका सदस्यहरू ‘माइल हाइ क्लब’मा संलग्न हुन्छन् ? लामो दूरीको उडानमा मादक पदार्थ सेवन गरेपछि बहकिनु केही यात्रीको आम व्यवहार हो । उचाइमा शरीरमा अक्सिजनको कमीको कारण निर्जलीकरण बढी हुने हुँदा एक पियाइको असर तीन गुणा बढी हुन्छ ।
यसका अतिरिक्त यस्तो यात्रामा ‘माइल हाइ’ आम कुरा हो । माइल हाइको अर्थ उडानमा सम्बन्ध राख्नुुसित छ । यात्रु मात्रै हैन, केही चालक दलका सदस्यहरू पनि यस्ता काममा संलग्न हुन पुग्छन् । विशेषगरी तव जव ‘लेओवर’ हुन्छ । ‘लेओवर’को क्रममा जव ‘कनेक्टिङ फ्लाइट्स’को बीचको समय अलग-अलग वायुसेवाको क्रु होटलमा पार्टीमा सामेल हुन्छन् । केही पार्टी धेरै अजीब र असहज खालका हुन्छन् । यस दौरान चालक दलका सदस्यहरू सारा सीमा नाघ्छन् । यस्तोमा विमान परिचारिकाले सबै किसिमका चुनौतीको सामना गरी स्वयंलाई धैर्यपूर्वक सहज राख्ने गर्छन् ।
सुन तस्कर पक्राउमा विमान परिचारिका
डिसेम्बर २०२४ मा अल्माटी-नयाँ दिल्लीको रात्री उडानमा इण्डिगो एयरलाइन्सको उडानले रनवे टेकअफ गरेपछि विमान परिचारिकाले विमानभित्र खाना पस्किन शुरू गर्दा तीनजना हवाइ यात्रुको गतिविधि ठीक नभएको शङ्का गरी विमान परिचारिकाले तीनै जनालाई कहिले चिया, कहिले पानी लिने हो कि भनेर खुवाउने प्रयास गरिन् । तर तीनैजनाले केही पनि लिन इन्कार गरिदिए । करिब साढे ३ घण्टाको उडानमा तीनै जना आपपफ्रनाे सिटमा निरन्तर बसी रहे । शङ्का गहिरो भएपछि एयर होस्टेसले यसको जानकारी उडानको क्याप्टेनलाई दिइन् । क्याप्टेनले तत्काल यसको जानकारी इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको एटीसीमार्फत् भन्सारसम्म पुर्याइदिए ।
विमान अवतरण भएपछि विमानस्थल भन्सारको निगरानीमा परेका तीनैजना यात्रुले जसै ग्रिन च्यानल पार गरे उनीहरूलाई सोधपुछको लागि रोकी झिटिगुन्टाको एक्स-रे गरियो, डूर फ्रेम मेटल डिटेक्टर (डीएफएमडी) बाट जाँच गरियो, तर त्यस्तो केही पनि फेला परेन । त्यसपछि तीनै जनालाई विशेष सोधपुछको लागि एआईयू कक्ष लगियो, जहाँ तीनै जनाले सुनको टुक्रा मलाशयमा लुकाएर ल्याएको स्वीकार गरे । तीनै जनाको मलद्वारबाट भन्सारले ४३९ ग्राम वजनको कूल आठ थान सुन बरामद गरेपछि उनीहरूलाई गिरफ्तार गरी हिरासतमा राखियो । यसप्रकार इण्डिगो एयरलाइन्सको एयर होस्टेसको सुझबुझले सुन तस्करीको घटना (वारदात) लाई असफल गरी तीनै जना तस्करलाई गिरफ्तार गर्न मद्दत गर्यो ।
यात्रु र परिचारिकाबीच विवाद
कहिलेकाहीँ यात्रु र विमान परिचारिकाहरूबीच वादविवाद हुने गरेको घटना हुन्छ । सवाल जवाफ शुरू हुनासाथ यात्रुहरूले मोवाइल झिकेर भिडियो रेकर्ड गर्न शुरू गरिहाल्छन् ।
उडानका कमाण्डर पाइलट हुन्छन् । तर, उडान सफल गराउन परिचारिकाहरूको पनि उत्तिकै मिहिनेत परेको हुन्छ । यात्रुहरूले झगडा गरेको विषयमा पाइलटलाई गुनासो गर्दा उल्टै हप्की खानुपर्छ । ‘तिमी राम्री भएकीले झगडा पर्यो । होला, तिमीले मास्क खोलेर बोल्यौ होला । अनि त्यो मान्छे कस्तो थियो, सुन्दर थियो ? भनेर सोधिन्छ ।
उडानको रोस्टरमा समानता हुँदैन । निगमका अन्तर्राष्ट्रिय उडानमा केही चर्चित पाइलटहरूले आफूलाई मन पर्ने परिचारिकाहरूलाई राख्न दवाव दिने गरेका हुन्छन् । उबिना म उड्दै उड्दिनँ । अनि त्योसँग म उड्दै उड्दिनँ भनेर ठाडै भन्छन् । मौसमले उडान ढिलाइ हुन्छ । खाना र खाजाको टुङ्गो हुत्र, थाकिन्छ । तर बरिष्ठहरूले तिमीहरूको के काम छ र ? बस्ने मात्रै त हो भन्दा उनीहरूलाई सार्है दुःख लाग्छ ।
विमान परिचारिकालाई तलवका अतिरिक्त विशेष सुविधा पनि दिइन्छ । नियमित र लामो अन्तर्राष्ट्रिय उडानमा पर्नेले मासिक २ लाख रूपैयाँसम्म आर्जन गर्ने भएकाले ज्यादै आकर्षक पेशा मानिन्छ । तर, सीमित उडानमा जानेले ४०-५० हजारमै चित्त बुझाउनुपर्छ । यद्यपि आन्तरिक उडानका केहीले १० वर्षदेखि पारिश्रमिक वृद्धि नगरेको, उडानको रोस्टर (सूची) पालना नगरेको, मन पर्ने र नपर्ने भत्रे छुट्याएर खटाउने गरेको र गुनासो गर्दा कारवाही खेप्नुपरेको अवस्था छ ।
परिचारिकाहरू वस्तु होइनन्, दक्ष जनशक्ति हुन् । तर उनीहरूमाथि गम्भीर अत्याचार भएका छन्, दुर्व्यवहारका घटना दवाइएका छन् । नागरिक उड्डयन प्राधिकरणले त्यस्ता व्यवहार निषेध गर्न नीति बनाई उडान सुरक्षा मापदण्ड विभागमा ‘सेल’ गठन गरी ती गुनासाहरू सम्बोधन गर्नुपर्छ ।
विमान परिचारिका पातली हुनुपर्ने
विमान परिचारिका पातली (स्लिम) हुनुपर्ने वायुसेवा कम्पनीहरूको मापदण्ड हुन्छ । केही वायुसेवा कम्पनीले फ्लाइट अटेन्डेन्सको वजन बढी भएकै कारण ग्राउण्ड स्टाफमा सिफ्ट गरिदिने गरेको पाइन्छ । आखिर वायुसेवा कम्पनीहरूलाई विमान परिचारिकाको बढी वजनसित किन आपत्ति ? उनीहरू दुब्ली पातली हुनुपर्ने कम्पनीको माग किन हुन्छ ?वास्तवमा कम्पनीहरूले उडानको वजन कम गर्नका लागि यस्तो माग गर्ने गरेको पाइन्छ । प्रत्येक उडानमा प्रति यात्रु लग्न पाउने झिटीगुन्टाको वजन निश्चित गरिएको हुन्छ ।
तोकिएको वजनभन्दा बढीको सामान लगेमा बढी भएको वजनको प्रति केजीको हिसाबले रकम असुली गरिन्छ । उडानमा प्रतिकिलोग्राम बढी वजनको प्रतिघण्टाको हिसाबले खर्च हुने रकम जोगाई कम्पनीले प्रत्येक वर्ष करोडौं रूपैयाँ बचत गर्ने भएकोले फ्लाइट अटेन्डेन्सलाई वजन कम गर्नलाई भनिन्छ । अर्कोतर्फ विमान परिचारिकाको काम आकस्मिक सेवासित पनि जोडिएको हुँदा बढी वजन भएमा कठिनाइ उत्पत्र हुन्छ ।
त्यसैले केही वायुसेवा कम्पनीले बीएमआई तोकेका हुन्छन् । पुरूषको लागि १८-२५ र महिलाको लागि २२-२७ राखेको पाइन्छ । किनभने बढी वजनको कारणले छरिती फुर्तिली हुन नसक्दा आकस्मिक सेवामा विमान परिचारिकाहरू प्रभावकारी रूपमा सक्रिय हुन सक्दैनन् । पाइलटको उमेर हद ६५ वर्ष, क्याबिन क्रु (खासगरी महिला) को ४५ वर्ष मात्र प्राविधिक पक्षको जिम्मेवारी लिएर उडानको नेतृत्व गर्ने पाइलटको उमेर हद ६५ वर्ष भए पनि हुने र क्याबिन क्रु (पारिचारिका, परिचारक) का सदस्यको उमेर भने ४५ वर्ष भन्दा माथिको हुन नहुने नियमले संस्थागत विभेद गरेको प्रष्टै छ ।
नेपालमा पाइलटले ५८ वर्षको उमेरमा अवकाश पाउँछन् । तर, त्यसपछि पनि करारमा थप सात वर्ष काम गर्न पाउँछन् । यसरी विमान उडाउने व्यक्ति ६५ वर्षसम्म फिट रहन सक्छन् भने विमान पारिचारिका वा परिचारक ४५ वर्षमै कसरी अयोग्य हुन्छन् ? नेपालको अन्य कुनै पनि सेवामा ४५ वर्षको उमेर हद छैन । विमान परिचारिकामा ४५ वर्षको उमेर तोक्नु भनेको महिलालाई उनीहरूको ज्ञान र सीपका आधारमा होइन, रूप र शरीरका आधारमा मात्र नियुक्त गरिएको हो भत्रे बुझिन्छ । राज्यबाटै सञ्चालित निगमले नै महिलालाई उनीहरूको शरीरका आधारमा व्यवहार गर्नु सर्वथा आलोचनायोग्य छ ।
पुरूष जसरी आफ्नो व्यावसायिक सीपका कारण जागिरमा योग्य मानिन्छन्, महिला पनि त्यही सम्मानका हकदार हुन् । अन्य कुनै कारणले अवकाशमा पठाउनुपर्ने अवस्था नआएसम्म उमेरका कारणले मात्र घर पठाउने प्रचलन अन्त्य हुनुपर्छ । कतिपय देशमा यस्तो उमेरहद छ भत्रे दावी गरिन्छ । तर यस्तो प्रावधान बदलिँदो चेतना र हाम्रै संविधान र कानूनले निश्चित गरेको सम्मानको हकको पनि बर्खिलाप हो ।
सहायक पाँचौं तहको यो पदमा भने करारमा मात्र भर्ती गर्ने नियम छ । स्थायी संरचना र उद्देश्यका साथमा सञ्चालित निगमले सारा कर्मचारीलाई स्थायी सेवामा भर्ना गर्छ भने ‘क्याबिन क्रु’ लाई मात्र तीन देखि पाँच वर्षको सेवाका लागि करारमा नियुक्त गर्नु आफैंमा गम्भीर विभेद हो । हरेक तीन वा पाँच वर्षपछि नयाँ करार हुन्छ कि हुँदैन भत्रे अन्योलले ‘क्याबिन क्रु’ आफैंले सदैव असुरक्षित महसुस गर्नुपर्ने अवस्था छ ।
यद्यपि आफ्ना माग पूरा गराउन जहाज नै रोक्ने प्रवृत्तिलाई कुनै पनि मानेमा प्रोत्साहित गर्न सकिँदैन । अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा निगमको मात्र होइन देशकै साख मलिन हुन्छ । नागरिक उड्डयन जस्तो अत्यावश्यकीय र संवेदनशील क्षेत्रमा भएका जनशक्तिको विवेकमाथि अवश्य पनि प्रश्न उठ्छ । असहयोगका आफ्ना कार्यक्रमलाई कुन बिन्दुसम्म लैजाने भत्रेमा कुनै पनि जिम्मेवार जनशक्ति संवेदनशील बत्रुपर्छ । आफूहरूको न्यायोचित माग पूरा गर्न दवाव दिँदा लिइने हरेक कदमको जवाफदेहिताको खोजी हुन्छ भत्रे ‘क्याबिन क्रु’ ले बुझ्नुपर्छ ।
उता, जहाज रोकिएको १२ घण्टामा मन्त्रीले नै सम्बोधन गर्न सक्ने यी विषय वर्षौंसम्म किन थाती राखिएको थियो । जबकी सर्वोच्च अदालतले सेवा सुविधामा विभेद नगर्न भन्दै निगमका नाममा अन्तरिम आदेश समेत दिएको थियो । सामान्य संवाद र पहलकदमीबाट सहजै टुङ्ग्याउन सकिने विषयलाई लम्ब्याएर जटिल बनाउने र नकारात्मक परिणाम भोगेपछि मात्र जागरूक हुने प्रवृत्तिले नै निगमजस्ता सार्वजनिक संस्थान जीर्ण भएका हुन् ।
यसअघि रीना बज्राचार्यसमेत विरूद्ध श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालयसमेत भएको (नेकाप २०५७, नि.नं. ६८९८, अङ्क ५, पृ. ३७६) मुद्दामा विमान परिचारक (पुरूष) र विमान परिचारिका (महिला) दुवै कामको आधारमा समान भए पनि लिङ्गका आधारमा विभेद भएको कानूनी व्यवस्था सर्वोच्च अदालतले बदर घोषित गरेको थियो ।
View : 147
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved