Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

इलाम-२ उपनिर्वाचन

५० प्रतिशत बढि मत गनिसक्दा एक प्रतिशत मतमात्रै बदर

बाबुराम भण्डारी
१७ वैशाख २०८१, सोमवार

Advertisement

विराटनगर । इलाम–२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तरगत ५० प्रतिशत मत गणना सकिँदा करिव साढे चार सय बढि मत बदर भएको छ ।

४२ वटा वडाहरू मध्ये २३ वटा वडाको गणना हुँदा ३९ हजार ४६८ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गनिसकेको उक्त मत मध्ये ४९० मत बदर भएको छ । कुल सदर मतको संख्या ३८ हजार ९८ मत जनाइएको छ । खसेको मतको आधारमा बदर मत प्रतिशत १ दशमलव २४ रहेको छ ।

इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका मध्ये करिव ६० प्रतिशत मत खसेको थियो । खसेको ६९ हजार २८७ मत मध्ये ३६ हजार ५३ मत गणना सकिएको जनाइएको छ । 

अब ३३ हजार २३४ मत गन्न बाँकी रहेको जनाइएको छ । अहिले देउमाई नगरपालिकाको वडा नम्बर ३ र ४ को गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हालसम्म फाकफोकथुम गाउँपालिकाको ६, चुलाचुली गाउँपालिकाको ६, माङ्सेबुङ गाउँपालिकाको ६, माई नगरपालिकाको ३ (६, ७ र ८) र देउमाई नगरपालिकाको १ र २ को गणना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

View : 220

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved