Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

नेपाल ल्याइएको चामल बरामद

उद्‌घोष सम्वाददाता
२६ मंसिर २०८०, मङ्गलवार

विराटनगर : कृषि प्रधान देशमा धानको उत्पादन कम हुन थालेपछि भारतबाट चामल तस्करी भएर आउने गरेको पाइएको छ । तस्करीको चामलले भए पनि नेपालले भोक मेटाउनुपर्ने अवस्था छ । मोरङ प्रहरीले २ हजार ५ सय किलो चामल बरामद गरेर कारवाहीका लागि भन्सार कार्यालय बुझाएको छ ।

प्रहरी नायव उपरीक्षक रञ्जन दाहालका अनुसार रतुवामाई–७ को भित्री सडकबाट पिकअप गाडीसहित मन्सुली लेखिएको चामल बरामद भएको हो । प्रहरीले चामल र गाडीको ६ लाख १७ हजार मूल्याङ्कन गरेर भन्सार बुझाएको छ । 

नेपाल चामल आयातमा भारत सरकारले नै कडाइ गर्दै आएको छ । भंसार स्रोतका अनुसार अति आवश्यक चामल आयात गर्न खाद्य परीक्षण पहिलो आवश्यकता हो । परीक्षणको निश्चित अवधिभित्र चामल आयात गरिसक्नुपर्ने हुन्छ । हाल एकीकृत जाँच चौकी भएकाले भारतमा गरिएको दर्ता अनलाइन हुने भएकाले नेपालतर्फ सहजै हेर्न पाइन्छ । 

कुनै बेला चामलको उत्पादन बढी भएर भारत निर्यात गर्ने नेपालमा हाल खाद्यान्नका लागि भारतकै भर पर्नुपर्ने अवस्था छ ।

भंसार विभागले खाद्यान्न आयात गर्न विराटनगर, वीरगंज र भैरहवा गरी नेपालका तीन वटा भंसार कार्यालयलाई मात्रै इजाजत दिएको छ । नेपाल भारत सीमावर्ती क्षेत्रमा भारतको तुलनामा सामान्य चामलको मूल्य नेपालमा २० रुपैयाँ प्रतिकिलोसम्म फरक छ ।

View : 164

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved